सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति शाहले लिए शपथ

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति शाहले लिए शपथ

295
Shares
स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति शाहले लिए शपथ

जनकपुरधाम | मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकूलपति प्रा. डा. अंकुर शाहले पद तथा गोपनियताको सपथ लिएका छन् ।

नवनियुक्त उपकुलपति डा. साहलाई प्रतिष्ठानका कुलपति एवं मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण गराउँदै मुख्यमन्त्री यादवले उपकुलपतिको नियुक्तिपछि प्रतिष्ठानले गति लिने विश्वास ब्यक्त गरे । उनले स्वास्थ्य मन्त्रालयले एक नम्बरमा सिफारिस गरेकै योग्य व्यक्तिलाई आफुले नियुक्त गरेको बताए ।

शपथग्रहण समारोहमा सह–कुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र कुमार सिंह, मुख्य न्यायाधिवक्ता बिरेन्द्र ठाकुर , नीति तथा योजना आयोगको उपाध्यक्ष नाथु राम चौधरी, प्रतिष्ठानका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

295
Shares

ट्रेन्डिङ