सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

350
Shares
कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं | प्रमुख प्रतिपक्षी नेपाली कांग्रसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा कांग्रेसका सांसद दिपक गिरीले लामिछानेको राजीनामा मागेका हुन् । सहकारीबाट बचतकर्ताको रकम ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको नाममा प्रहरीमा उजुरी परेको भन्दै आरोपी व्यक्ति मन्त्री बन्न नमिल्ने भएकाले राजीनामा दिनु पर्ने उनको भनाइ छ ।

‘पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा माघ २२ गते सहकारीका बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र माओवादीका नेता दिपेश पुनको नाममा उजुरी परेको र पुन पक्राउ समेत परिसकेका छन्’ उनले भने ‘प्रहरीमा उजुरी परेको व्यक्ति अहिले गृहमन्त्री बन्नु भएको छ ।

यसले अनुसन्धान प्रभावित हुन्छ । आफूले आफैंलाई कारबाही गरेको उदाहारण छैन ।’

सहकारीले गैह्र सदस्य कारोबार गर्न नमिल्ने समेत उनले बताए ।

350
Shares

ट्रेन्डिङ