सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या: छोरा भागेर ज्यान जोगाउन सफल

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या: छोरा भागेर ज्यान जोगाउन सफल

365
Shares
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या: छोरा भागेर ज्यान जोगाउन सफल

मोरङ । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।

 मोरङको बेलबारी नगरपालिका- १ भेडाटोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोरा भने भागेर बाँचेका छन् ।

राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । 

गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लगत्तै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको छ । मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए ।

पत्नीलाई दाउले प्रहार गरेका लिम्बूले सोही दाउले आफ्नो घाटी पनि रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । नले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भने भागेर ज्यान जोगाएका थिए ।

365
Shares

ट्रेन्डिङ