सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अहिले पुजी भन्ने चिज नै परिवर्तन भयो : मन्त्री विराजभक्त श्रेष्ठ

अहिले पुजी भन्ने चिज नै परिवर्तन भयो : मन्त्री विराजभक्त श्रेष्ठ

625
Shares
अहिले पुजी भन्ने चिज नै परिवर्तन भयो : मन्त्री विराजभक्त श्रेष्ठ

काभ्रे | काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्व विद्यालय ,रोटरी क्लब अफ धुलिखेल र रोट्र्याक क्लबको आयोजनामा ब्रेन ड्रेन एन्ड गेन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ ,पुर्वमन्त्री राम कुमारी झाक्री ,श्रम मन्त्रालयका सचिव राजिब पोखरेल र उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र काठमाडौं विश्व विद्यालयका उपकुलपति डा. भोला थापाको उपस्थिती तथा विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले सुचना प्रविधिको क्रान्तीले गर्दा अवसरको बाटो बढ्दै गएको बताएका छन । खेलाडी बन भन्ने पनि दिन आउला त ? भन्दै युवामाझ प्रश्न समेत गरेका थिए ।

पछिल्लो क्रममा समाज नै रोगी छ । मानसिक समस्या बड्दो छ । १६-२१ को बच्चाहरु छन । यस्को समाधान पनि नेपालमै भएको उनको दाबी थियो । ब्रेन ड्रेनलाई चै यस्मा जोड्दा , अत्यन्तै राम्रो हुन्छ । गेन को पाटोमा हामि भाग्यमानी छौ । अब पुजि भन्ने कुरानै चेन्ज नै भयो अहिले ब्रेननै क्यापिटल फन्डको रुपमा गौसकेको श्रेष्ठको भनाई छ ।

सङै ब्रेन र डेनलाई एकै बनाउने हो भने एउटै माध्यम इनोभेशन मात्र हुन सक्ने भएकाले ईनोभेशनमा लाग्न श्रेष्ठले विश्व विद्यालय र आम विद्यार्थीहरुमा अनुरोध गरेका थिए । उनले मन्त्रालय बजेट जुटाउने प्रयासमा रहेको पनि उनले बताए ।

मन्त्रालयले अब वातावरण ,आर्टस र अत्य छेत्रमा पनि काम गर्दै गरेको उनको भनाई छ । वातावरण र वातावरण प्रदुषणलाई नछोडी कार्य गर्न अनुरोध आम विद्यार्थी र विश्व विद्यालयलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा उपकुलपति डा. भोला थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अन्य सहभागीले अहिलेको बर्तमान अवस्था र समस्या र त्यसको समाधान गर्न राज्यले गर्ने र गर्न जरुरी कार्यलाई समेत वक्ता झाक्री , पोखरेल र श्रेष्ठ माझ वक्तव्य गरेका थिए ।

625
Shares

ट्रेन्डिङ