सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • संसदमा बोल्न नपाएको तोसिमाको गुनासो

संसदमा बोल्न नपाएको तोसिमाको गुनासो

330
Shares
संसदमा बोल्न नपाएको तोसिमाको गुनासो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले संसद्‌मा बोल्न नपाएको गुनासो गरेकी छिन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘नियमावली अनुसार संसद्‌मा ढ्यापढ्याप गरेर आकस्मिक समय माग गर्ने व्यवस्था छ । प्रत्यक्ष भेटेरै पनि समय माग गर्न सकिन्छ । मैले दुवै प्रक्रियामार्फत आकस्मिक समय माग गरेँ । तर दिइएन ।’

बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले आकस्मिक समय माग गरेकी थिइन् । तर सभामुख देवराज घिमिरेले आफूले समय नदिएको र सभामुखबाट समय नपाइ बोल्न नपाइने भनी उनलाई बस्न आग्रह गरेका थिए ।

संसद्‌मा पछिल्लो समय भइराखेको बहसप्रति समेत उनले प्रश्न उठाएकी छन् । ‘संसद्‌मा बोल्नुपर्ने कुरा के हो ? सहकारी र सुनमात्र हो ? ’ उनको प्रश्न छ ।

काठमाडौंका वीर अस्पताल, पाटन, कान्ति, टिचिङलगायत अस्पतालमा आमनागरिकले आईसीयू पाएका छैनन् । जसको कारण बिरामीहरूले ज्यान गुमाउनु परेको उल्लेख गर्दै उनले यही विषय संसद्‌मा बोल्न खोजेको बताएकी छन् ।

330
Shares

ट्रेन्डिङ