सबैको समाचार
आइतवार, बैशाख १६, २०८१

सुनको मूल्य घट्यो

340
Shares
सुनको मूल्य घट्यो

काठमाडौं | मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १५ सय ५ रुपैयाँ कायम भएको छ ।

340
Shares

ट्रेन्डिङ