सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

265
Shares
तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

महासङ्घका अनुसार हिजो मंगलबारको तुलनामा आज मूल्य बढेर कारोबार सुरु भएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँ छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ९० रुपैयाँ कायम छ । हिजो मंगलबार १५ सय ५ रुपैयाँ कायम थियो । यो तोलामा १५ रुपैयाँको गिरावट हो ।

265
Shares

ट्रेन्डिङ