सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • भाईको एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

भाईको एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

290
Shares
भाईको एसईई दिने नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत । दैलेखबाट एसईईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महावु गाउँपालिका–१, गैडाबाजका १७ वर्षीय किशोर प्रेम न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

न्यौपानेले नारायण नगरपालिका-१, सदरमुकाममा रहेको त्रिभुवन माविमा  आफनो भाइ नाता पर्ने सुनिल प्रसाद जैसीको ठाउँमा परिक्षा दिएका थिए ।

न्यौपाने त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् ।

मुखमा मास्क लगाई आएका र प्रवेश पत्रको फोटो पछि टाँसेको देखेर सोधिखोजी गर्दा पत्ता लागेको प्रहरीले जनाएको छ ।

290
Shares

ट्रेन्डिङ