सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पनौती नगरपालीकाले ग¥यो कृषि औजार र कृषि सामाग्री वितरण

पनौती नगरपालीकाले ग¥यो कृषि औजार र कृषि सामाग्री वितरण

6520
Shares
पनौती नगरपालीकाले ग¥यो कृषि औजार र कृषि सामाग्री वितरण

काभ्रेको पनौती नगरपालीकाले तरकारी पकेट क्षेत्र अन्तर्गत सक्रिय कृषक समुह र महांकाल कृषक समुहका ३५ जना कृषकहरुलाई कृषि सामाग्री वितरण गरेको छ । नेपाल सरकारको सशक्त तर्फकोे ८० प्रतिशत र कृषकहरुको २० प्रतिशत लागत सहभागीतामा कृषि सामाग्री वितरण गरीएको हो ।

किसानहरुको प्रस्ताप बमोजिम सो कृसि औजार र कृषि सामाग्रीहरु पनौती नगरपालीका ४ स्थित नगरले निर्धारण गरेको कृषि तरकारी पकेट क्षेत्रका लागी सो सामाग्री वितरण गरेको हो । नगरको कृषि पकेट स्थानका ३५ जना किसानहरुलाई टनेल प्ल्यास्टिक १ सय ७० थान, विषदि पम ३५ थान, मिनीटिलर २ वटा, पानी तन्ने मेसिन २ वटा, घाँस काट्ने तथा डियाङ् पार्ने मेसिन २ वटा, तरकारी जोख्ने काँटा २ वटा र ग्रिन नेट १६ बन्डल २ वटा कृषक समुहलाई वितरण गरीएको हो ।

तरकारी पकेट क्षेत्र अन्तर्गत वितरण गरीएका यि कृषि सामाग्रीहरुले बाह्यि रोजगारी गर्न जाने युवा तथा किसानहरुलाई रोक्न र स्वदेशमै रोजगारको सृजना गर्न नगरपालीकाले नगरको १२ वटै वडाहरुमा कृषि तथा पसु पालनका लागी नगरपालीकाले युवा तथा किसानहरुलाई हैसला प्रदान गर्दै आएको छ । नगरपालीकाले नगरभित्रका नगरीकहरुलाई आफै स्वरोजगार बनाउनको लागी नगरले कृषि तथा पसुपालनका लागी अनुदान दिदै आएको छ ।

नेपाल सरकारको अनुदानमा आएको कृषि सामाग्रीको दुरुप्रयोग नगर्न पनौती नगरपालीकाले अनुरोध गरेको छ । २वटा समुहले चलाएको तरकारी पकेट क्षेत्रका ३ सय वटा टनेललाई अझै बढाउदै जान नगर पालीका नगर प्रमुख भिम न्यौपानेले अनुरोध गरे । नगर भित्र उत्पादनहुने तरकारीहरुको बिक्रि वितरणको लागी नगरले बिक्रि केन्द्र निर्माण गर्ने र नगरको वडा नं. ४ र ५ लाई तरकारीका बिउ उत्पादनका लागी हाइटेक टनेल पनी वितरण गरेको नगर प्रमुख न्यौपानेले बताए ।

सम्पुर्ण किसानहरुको लागी नगरले माया देखाएर किसानको कार्यलाई हैसल्ला प्रदान गर्न नगर र नेपाल सरकारको सस्कत तफले हामीलाई ८० प्रतिशत अनुदनमा हामीहरुलाई आधुनी करणका कृषि सामाग्री दिदै आएको सक्रिय कृषक समुहका अध्यक्ष जयराम के.सीले बताए ।

 

 

6520
Shares

ट्रेन्डिङ