सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • त्रिविलाई सुमनाको प्रश्न :बेथिति संलग्नमाथि के कारबाही हुँदैछ ?

त्रिविलाई सुमनाको प्रश्न :बेथिति संलग्नमाथि के कारबाही हुँदैछ ?

250
Shares
त्रिविलाई सुमनाको प्रश्न :बेथिति संलग्नमाथि के कारबाही हुँदैछ ?

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय देखिएको चार बेथितीका घटनाहरुमाथि चासो राख्दै संलग्नमाथि कारबाहीको विवरण मागेकी छन् ।

उनले जनसंख्या तथा स्वास्थ्य र शिक्षाको आधार विषयको उत्तरपुस्तिका हराएको घटनाको विवरण मागेकी छन् । उत्तरपुस्तिका हराएको घटनाबारे जाँचबुझ गर्न गठन भएको उच्चस्तरीय छानविन समितिको काम कारबाहीको विवरण पनि उनले झिकाएकी छन् । 

त्यसैगरी इञ्जिनियरिङ संकायको अटोमोबाइल विषयमा पुरानो पाठ्यक्रमबाट प्रश्न सोधिएकोमा पनि उनले कारबाहीको विवरण मागेकी छन् ।

शैक्षिक क्यालेण्डर कार्यान्वयन हुन नसक्दा तोकिएको समयमा पठनपाठन सक्ने, परीक्षा लिने, नतिजा निकाल्ने काम हुन नसकेको र विद्यार्थीको समय खेर गएको भन्दै उनले त्यसको सुधारको योजना र खाका मागेकी छन् ।

‘शैक्षिक क्यालेण्डर बमोजिम समयमा नै प्रकाशन गर्ने सम्बन्धमा जिम्मेवार पदाधिकारीहरूलाई कसरी जवाफदेही बनाउँदैछ ?’ उनले पत्रमा भनेकी छन्, ‘घटनाहरूपश्चात परीक्षा प्रणालीलाई सुधार गर्न के गरिंदै छ ? यी घटनाहरूबाट विद्यार्थीहरूमा पर्न गएको क्षतिको क्षतिपूर्ति कसरी हुँदैछ ?’

250
Shares

ट्रेन्डिङ