सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

275
Shares
प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

 काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानमा उठेका थिए ।

सभामुख घिमिरेले समय दिएपछि कांग्रेस सचेतक सुशीला थिङले सहकारी अनियमिततामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग राखिन् । सरकार गैरजिम्मेवार रुपमा प्रस्तुत भएको भन्दै उनले समिति नबनेसम्म कुनै पनि कामकारबाही अगाडि नबढाउन आग्रह गरिन् ।

सभामुख घिमिरेले १५ मिनेटपछि बैठक बस्ने गरी संसद बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

275
Shares

ट्रेन्डिङ