सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • धुलिखेल ११ मा एमाले र काँग्रेसलाई झड्का, नेता प्याकुरेलले दिए बागी उम्मेदवारी

धुलिखेल ११ मा एमाले र काँग्रेसलाई झड्का, नेता प्याकुरेलले दिए बागी उम्मेदवारी

18375
Shares
धुलिखेल ११ मा एमाले र काँग्रेसलाई झड्का, नेता प्याकुरेलले दिए बागी उम्मेदवारी

काभ्रेको धुलिखेल नगरपालिका ११ मा वडा अध्यक्षका लागि स्वतन्त्रबाट उम्मेरदवारी परेको छ । वडा अध्यक्षका लागि स्वतन्त्रबाट आनन्द प्याकुरेलले हिजो उम्मेरदवारी दर्ता गराएका हुन् ।

उनी नेपाली काँग्रेसका नेता हुन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्रबाट उम्मेरदवारी दर्ता गराएका हुन् । पार्टीले एकलौटीरुपमा निर्णय गरेर अरुलाई नै टिकट दिएको भन्दै उनले आफू स्वतन्त्रबाट उम्मेरदवारी दिन बाध्य भएको समेत बताएका छन् ।

काँग्रेसबाट वडा अध्यक्षको लागि धुलिखेल ११ मा ६ जना आकाँक्षी थिए । पार्टीले भने सुन्दर विक्रम साँगलीलाई टिकट दिएको छ । आफुले पार्टीमा लामो समय काम गर्दा पनि आफुलाई वेवास्ता गरि काङ्ग्रेसले आफू निकटलाई टिकट दिएको उनले आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका सयौँ क्रियाशील सदस्यहरुको समर्थन सहित स्वतन्त्र उम्मेदवारी दिएको पनि उनले सबैको समाचारलाई बताए । प्याकुरेल लामो समय देखि सामाजिक कार्यमा क्रियाशिल छन् ।

उनी केहि समय अघिसम्म कारितास नेपाल नामक संस्थाको कार्यक्रम निर्देशक समेत रहेका थिए । शिक्षक समेत रहेका प्याकुरेलले पात्लेखेत कल्छेबेसीमा प्राबिधिक शिक्षालय, योगालयसहितको प्राकृतिक आयुर्वदिक अस्पताल बनाउने प्रस्ताब शिक्षा तथा समन्वय समितीबाट पारित गरेका थिए ।

18375
Shares

ट्रेन्डिङ