सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१

आज चैते दशैं पर्व मनाइँदै

420
Shares
आज चैते दशैं पर्व मनाइँदै

काठमाडौं ।  आज चैते दशैं पर्व मनाइँदै छ । 

वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । 

काठमाडौं उपत्यका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ ।

चैते दशैंमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ । हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ ।

420
Shares

ट्रेन्डिङ