सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बुद्धभुमि हाईड्रो पावर र काठमाडौं विश्वविद्यालय बीच हाइड्रोजन उत्पादनको अध्यन्न गर्ने सम्झौता

बुद्धभुमि हाईड्रो पावर र काठमाडौं विश्वविद्यालय बीच हाइड्रोजन उत्पादनको अध्यन्न गर्ने सम्झौता

630
Shares
बुद्धभुमि हाईड्रो पावर र काठमाडौं विश्वविद्यालय बीच हाइड्रोजन उत्पादनको अध्यन्न गर्ने सम्झौता

काभ्रे :- काठमाडौं विश्वविद्यालय धुलिखेल र बुद्धभुमि हाईड्रो पावर कम्पनि लि बीच सम्झौता भएको छ। हाइड्रोजन उत्पादनलाई मुलतह हाईड्रो पावरमा कसरी गर्न सकिन्छ र यसका सबै पक्षको अध्यन्न गर्न विस्वाबिधालयलाई साहयता दिने उदेस्यले आज बुद्धभुमि हाईड्रो कम्पनिले सम्झौता गरेको हो।

काठमाडौं विश्वविद्यालय धुलिखेलमा हाइड्रोजन ल्याब सञ्चालनमा गरेर ल्याबबाट निरन्तर हाइड्रोजनसम्बन्धी खोज अनुसन्धान गर्दै आईरहेको छ। अहिले विश्वविद्यालयको हाइड्रोजन ल्याबको टिमले एउटा हाइड्रोजन गाडी सञ्चालनको तयारी समेत अन्तिम चरणमै पुर्याएको छ।

हाइड्रोजन गाडी सञ्चालन गर्न तीव्र गतिले विश्वविद्यालयले कामा गर्दै आइरहेकामा अहिले हाइड्रोजन गाडी सञ्चालन गर्न रि-फ्युल स्टेसन तयार गरी सञ्चालनमै छ। यो गरि सके पछि हाइड्रोजनको उत्पादन बडाउन कसरी सकिन्छ र यसको प्रयोग बाट अहिलेका इन्धनलाई कसरी विस्तापन गर्न सकिन्छ भन्दै विस्वबिधालयले अध्यन जारी राखेको छ।

अब विस्वमा भैरहेको बैकल्पिक उर्जाको माग र अहिलेको उर्जा विस्थापन गर्नका लागी र हाइड्रो बाट नै कसरी हाइड्रोजन उत्पादन र भण्डारन गर्दै यसको बजारीकरण गर्न सकेमा मात्र अहिले उर्जा डिजेल , पेट्रोल र एलपी ग्यास विस्तापन गर्न सकिने छ। सोहि अध्यन्नलाई बढुवा दिन आज हाइड्रो कम्पनिले नै सहयोग गर्दै हाइड्रोजन उत्पादनमा सहकार्य गर्न चाहेको प्रस्ट पारेका छन्।

अहिले विश्वविद्यालयको हाइड्रोजन ल्याब टिमले हाइड्रोजन ऊर्जाबाट चल्ने कार सञ्चालनको अन्तिम तयारीमा लागेका बखत आज मात्र केयुलाई सहज हुने गरी बुद्धभुमि हाईड्रो पावर कम्पनिले विस्व विधालयलाई अनुसन्धानका लागी दुईपक्षिय सम्झौता भएको छ।

नेपालमा हाईड्रोजन उत्पादनसंग हाईड्रो पावर कम्पनिलाई जोड्ने सपना र यसको सम्भाव्यतामै निरन्तर अध्यन गर्दै आएको विस्वबिधालयले सहयोग सहितको अध्यनको अनुमति पाएको हो। यो सम्झौता बमोजिम विस्वाबिधालयको टिमले हाईड्रो पावरबाट नै हाइड्रोजन बनाउन कसरी सम्भब रहन्छ। र यसका सबै पक्षको अध्यन्न हुने गरी अध्यन अघि बढाउने छ।

बुद्धभुमि हाईड्रो पावर कम्पनि लि का लगानी कर्ताको समुह र काठमाडौं विश्वविद्यालय स्कुल अफ इञ्जिनियरिङ्गका डिन मनिष पोखरेलको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। सम्झौता बमोजिम अहिले हाईड्रोले थोरै आर्थिक उपलब्धता र अध्यन्नका लागी सहजता प्रदान गर्नेछ।

सम्झौता बमोजिम बुद्धभुमि हाईड्रो पावर कम्पनि लिले अहिले विस्वबिधालयलाई १० लाख अनुसन्धानका लागी उपलब्ध गराउदै छ। सम्झौतामा हस्ताक्षर गर्दै विस्व बिधालयका डीन मनिष पोखरेलले यो अध्यन्नले हाईड्रोजन उत्पादनको क्षेत्रमा यो अध्यन्नलर कोशे ढुंगाको काम गर्नेमा विस्वास लिएका थिए।

संगै ग्रीन हाईड्रोजन ल्याबका प्रमुख एवं प्राध्यापक डा विराज सिह थापाले यो सम्झौता र अध्यनले नेपालको जलश्रोत बाट सक्दो हाईड्रोजन उत्पादन गरी बजारीकारण सम्म लैजादा आवस्यक पर्ने सबै विषयको अध्यन्न हुने हुदा यो अत्यन्तै महत्वपूर्ण रहेको उनको दाबि छ।

630
Shares

ट्रेन्डिङ