सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सौल नेपाल बौद्ध गुम्बाद्वारा ल्होछार मनाउने तयारी

सौल नेपाल बौद्ध गुम्बाद्वारा ल्होछार मनाउने तयारी

8580
Shares
सौल नेपाल बौद्ध गुम्बाद्वारा ल्होछार  मनाउने तयारी

सौल, कोरिया । सेर साङबो
सौल नेपाल बौद्ध गुम्बाद्वारा यही आउने अंग्रजी महिनाको मार्च १२ तारिक आईतवार सौलको एलोन गङनाम स्थित भब्य लोशार मनाउने तयारी गरिएको छ ।
फ्रेव्रअरी ५ तारिक  सौलको दोङदेमुन स्थित बिबिन्न संघ संस्थाको प्रतिबिधिहरुको उपस्थितिमा बसेको बैठकले सम्पूर्ण बौद्ध धर्मवलम्बिहरु लगायत सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनीहरुलाई संगठित गर्दै भब्य ल्होछार विशेष सांस्कृतिक कार्यक्रम आयोजन गरी मनाउने निर्णय गरेको आयोजक कमिटिले जानकारी दिएको छ ।
हामी नेपाली विश्वको जूनसुकै मुलुकमा रहे पनी हामीले हाम्रो भाषा धर्म संस्कार सांस्कृतिकको संरक्षण तथा प्रर्वद्धन गर्नु पर्छ भन्ने नारा का साथ सम्पूर्ण नेपालीहरुलाई एक जूट गराई ल्होछार विशेष शुभ कामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरी अपाशी सद्भाव बढाउनु यस कार्यक्रम मुख्य उदेश्य रहेको छ ।
साथै कार्यक्रममा दिवा भोजको समेत ब्यवस्था रहेको जनाउनु भयो । सांस्कृतिक कार्यक्रम विभिन्न जात जातीको मौलिक पहिचान झल्किने खालको नृत्युहरु प्रस्तुत हुनुको साथै स्थानीय कलाकारहरुको बेजोड़ प्रस्तुती रहने आयोजक कमिटीका एक सदस्यले जानकारी दिनुभयो ।
कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन कोरियामा क्रियाशील विभिन्न संघ संस्थाहरु आदिवाशी जनजाति महाँसंघ कोरिया, शेर्पा संघ दक्षिण कोरिया, तामाङ संघ, तमु धी, मनाङ परिवार, मुस्ताङ परिवार,  ह्योल्मो सम्पर्क समिति, नेवा पूच, दोलखा शेर्पा बि.सी सम्पर्क मञ्च दक्षिण कोरिया, नुपरि समाज लगायत ११ वटा विभिन्न संघहरुको संलग्नतामा आयोजक समिति गठन गरिएको छ । कार्यक्रम भब्य सफल बनाउन कमिटिले अन्तरिक तयारीमा झुटेको आयोजक कमिटीका एक सदस्यले बताउनु भयो  ।

8580
Shares

ट्रेन्डिङ