• होमपेज
  • काभ्रेमा महिला पत्रकारका लागि तालिम

काभ्रेमा महिला पत्रकारका लागि तालिम

काभ्रेमा महिला पत्रकारका लागि तालिम

नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाले जिल्लामा रहेका महिला पत्रकारका लागि दुईदिने आधारभूत पत्रकारिता तालिमको आयोजना गरेको छ ।
जिल्ला विकास समितिको आर्थिक सहयोगमा सञ्चालित सो तालिम राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले आज यहाँ शुभारम्भ गर्दै पुरुषलाई भन्दा महिलालाई बढी प्राप्त भए त्यत्तिकै त्यसको प्रवह बढने बताउनुभयो ।
उहाँले उपेक्षित र पिछडिएकाहरुलाई बढी सूचना उपलब्ध गराउनुपर्ने र त्यसका लागि लक्षित समुदाय पनि अग्रसर हुनुपर्ने पनि जोड दिनुभयो ।
स्थानीय विकास अधिकारी टेकराज निरौलाले भन्नुभयो, “हाम्रो यो सहयोग पर्याप्त होइन तर पनि यसले धेरै महत्व राख्नेछ भन्नेमा आशावादी छु ।”
प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा र शुभेच्छा विन्दुले पत्रकारिता क्षेत्रमा महिला पत्रकारले निर्वाह गर्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
तालिममा जिल्लाका २३ जनाको सहभागिता रहेको महासङ्घका जिल्ला उपाध्यक्ष तथा तालिम संयोजक रमा दाहालले जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका