सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

थापालाई पुर्व राजाको फोन ?

2640
Shares
थापालाई पुर्व राजाको फोन ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकारी अध्यक्ष कमल थापालाई महाधिवेशनको मुखमै आएर “साँस्कृतिक राजा” राख्ने राज संस्थाको एजेण्डा पारित गरेकोमा पुर्व राजा ज्ञानेन्द्र शाहले टेलिफोन गरि बधाई दिएका छन् ।
स्रोतका अनुसार यी राप्रपा नेपाल र राप्रपा पार्टी एकिकरण गर्न पूर्व राजाको महत्वपूर्ण भूमिका रहेको र अब हुने राप्रपाको एकता महाधिवेशनबाट पनि कमल थापालाई नै अध्यक्ष बनाउन उनले महत्वपूर्ण भूकिा खेलेका हुन् ।
६ देखि ९ गतेसम्म काठमाडौंमा हुने भनिएको राप्रपाको पहिलो एकता महाधिवेशनमा पार्टीको नेतृत्वलाई लिएर चर्चा परिचर्चा भएपनि थापा नै र्निविरोध हुने भएका छन् ।
महाधिवेशन सफल पार्न पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । राप्रपा राष्ट्रिय कार्यसम्पादन समितिको गत सोमबार बसेको बैठकले समितिमा पशुपति समसेर राणा, लोकेन्द्र बहादुर चन्द डा. प्रकाशचन्द्र लोहनीलगायतलाई राख्ने निर्णय गरेको छ ।
बैंठकले ११ वटा उपसमिति बनाउने निर्णय पनि गरेको छ । भने पार्टी अध्यक्षमा पूर्व पार्टी सभापति सूर्य बहादुर थापाको छोरा एवं राप्रपा नेता सुनिल थापाले कमल थापालाई सघाउने घोषणा गरे लगत्तै पूर्व राजाकै निर्देशनमा भएको स्रोतको दावी छ ।

2640
Shares

ट्रेन्डिङ