सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • मालपोत कार्यालयमा अनलाइन सेवा

मालपोत कार्यालयमा अनलाइन सेवा

4375
Shares
मालपोत कार्यालयमा अनलाइन सेवा

जिल्ला मालपोत कार्यालय कास्कीले आज देखि अनलाइन सेवा शुभारम्भ गरेको छ । मुख्य सचिव डा सोमलाल सुवेदीले कास्की दाड सिड्कीकी लालकुमारी गौतम तथा घान्दु्रकका सोमबहादुर विक र वीरबहादुर विकलाई जग्गा धनी पँुर्जा वितरण गरी सो सेवाको शुभारम्भ गर्नुभएको हो ।
अनलाइन सेवा शुभारम्भसँगै आजदेखि मालपोत कार्यालयमा रहेका जग्गाको अभिलेख प्रविधिमैत्री, चुस्त र दुरुस्त भएको बताइएको छ ।
सो अवसरमा मुख्य सचिव डा सुवेदीले अब सूचनाप्रविधिको युग भएकाले सार्वजनिक सेवाहरु पनि प्रविधिमैत्री हुनुपर्ने बताउँदै यो सेवाले सेवाग्राहीको काम छिटोछरितो र पारदर्शीरुपमा हुने विश्वास व्यक्त गर्नुभयो ।
मालपोत कार्यालयमा हुने भनिएको किर्ते र जालसाजी जस्ता अनियमिततालाई रोक्न अनलाइन सेवाले मद्दत पु¥याउने बताउनुभयो ।
भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देवकोटाले यो सेवा शुभारम्भ भएसँगै जग्गाधनीले आफनो जग्गाको विवरण घरमै बसेर पनि जानकारी पाउनसक्ने धारणा राख्नुभयो ।
प्रमुख मालपोत अधिकृत चिरन्जीवी सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडा, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक टीकाराम घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले अनलाइन सेवाको महत्वका विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

4375
Shares

ट्रेन्डिङ