सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गाई मारेको आरोपमा पाँचजना थुनामा

गाई मारेको आरोपमा पाँचजना थुनामा

4910
Shares
गाई मारेको आरोपमा पाँचजना थुनामा

राष्ट्रिय जनावर गाई जिउँदै काटेर खाएको आरोपमा पाँचजना पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको धाइरिङ–८ का आइते दर्जी, नरु दर्जी, छवि परियार, सन्तु दर्जी र झिल्के दर्जीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले गौबध मुद्दामा पाँच आरोपितलाई पक्राउ गरी १९ फागुनमा पर्वत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दाका आरोपितलाई थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले मङ्गलबार पाँचै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतले स्थानीयवासीको सूचनाका आधारमा घटनास्थलको मुचुल्कासहित पक्राउ गरी आरोपितलाई मुलुकी ऐन चौपाया महलको १ नम्बर विपरीत कसुर गरेको भन्दै सोही महलको ११ नम्बरबमोजिम कार्वाहीको माग दाबी गरेको थियो । उक्त महलमा कसुर ठहरिएमा १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।
पर्वत जिल्ला अदालतले थप अनुसन्धानका लागि पाँचैजना आरोपितलाई पर्वत जिल्ला कारागारमा थुनामा राख्ने आदेश दिएको हो । यसअघि गौबधकै आरोपमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका पर्वतको चित्रे–५ का रामबहादुर आइते र चित्रे–९ का मिल्के दर्जीलाई कसुर नठहरेपछि सफाइ दिइएको थियो । रासस

4910
Shares

ट्रेन्डिङ