सबैको समाचार
सोमवार, बैशाख २४, २०८१

पचास लाखको सिमी निकासी

2955
Shares
पचास लाखको सिमी निकासी

म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर रु ५० लाख गाउँमा भित्र्याएका छन् ।
म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट रु ५० लाख बराबरको सिमी निकासी भएको हो । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बताउनुभयो ।
सिमीबाट दाल र अचारको परिकार बनाउने गरिन्छ । सिमी सङ्कलन गरेर निकासीको व्यवस्था गर्दै आएका गर्बुजाका अनुसार प्रतिकिलो रु २०० का दरले सिमी बिक्री भएको हो ।
सिमी बिक्री गरेर एकजना कृषकले रु २० हजारदेखि रु तीन लाखसम्म आम्दानी गरेका दोवा–६ का किरण पुर्जाले बताउनुभयो ।
बोटबाट नटिप्दै अग्रिम पेस्की दिएर सहरी क्षेत्रका व्यापारी गाउँमै आएर सिमी खरिद गरेका थिए । दुई सय ८० घरधुरीको बसोबास रहेको दोवाका बासिन्दाले सिमीलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । दोवामा खेती हुने छिर्केमिर्के जातको सिमी स्वादिलो र गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाइमा परेको हो ।
स्वास्थ्यवद्र्धक, स्वादिलो, छिटो पाक्ने र लयालो हुने भएकाले दाल बनाउनका लागि छिर्केमिर्के सिमीलाई उपभोक्ताले रुचाएको बेनीका होटल व्यवसायी कृष्णबहादुर बरुवालले बताउनुभयो । सिमीलगायतका कृषि उपज निकासी र आवतजावतको सुविधाका लागि दोवाका बासिन्दाले गत वर्ष गाउँसम्म सडक पुर्याएका थिए ।

2955
Shares

ट्रेन्डिङ