सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु

होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु

275
Shares
होटलमा बेहोस भेटिएकी युवतीको मृत्यु

जनकपुर । जनकपुरधामको सिटी स्टार फैमली होटेलमा बेहोस भेटिएकी एक युवतीको मृत्यु भएको छ ।

सिटी होटलको कोठामा आज बिहान साढे ८ बजेतिर पोखराकी अन्दाजी २७ वर्षीया खुसखु सुनार बेहोस अवस्थामा भेटिएकी थिइन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा लगिएकोमा मृत्यु भएको हो ।

उनको मृत्यु भएपछि होटेलमा सँगै बसेका दुई युवक भने फरार भएका छन् ।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । सँगै बसेको भनिएका दुई युवकको खोजी गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

275
Shares

ट्रेन्डिङ