होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सबैको समाचार
सोमवार, अशोज १५, २०८०
  • होमपेज
  • डा बाबुराम भट्टराई भारत प्रस्थान

डा बाबुराम भट्टराई भारत प्रस्थान

डा बाबुराम भट्टराई भारत प्रस्थान

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन आज भारतको राजधानी नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । इन्डिया फाउन्डेसनले भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराई १५ मार्चमा सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । उहाँले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलन यही मार्च १४ देखि १६ सम्म सञ्चालन हुनेछ ।
नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गर्ने नेपालसँगको अन्तक्र्रिया तथा भेटघाट कार्यक्रममा पनि उहाँ सहभागी हुने सो पार्टीले जनाएको छ ।
सोक्रममा डा भट्टराई भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धका जानकार, बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्नुहुनेछ ।

ट्रेन्डिङ