सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राप्रपाबाट गायिका कोमल वली मेयर, रेखा उपमेयरमा चुनाब लड्ने पक्का

राप्रपाबाट गायिका कोमल वली मेयर, रेखा उपमेयरमा चुनाब लड्ने पक्का

3610
Shares
राप्रपाबाट गायिका कोमल वली मेयर, रेखा उपमेयरमा चुनाब लड्ने पक्का

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अभिनेत्री रेखा थापा काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवार बन्ने तयारीमा छिन्। गत महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य निर्वाचित उनी काठमाडौंको उपमेयरको उम्मेवादर बन्ने तय भएको छ। राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौं जिल्ला समितिले रेखालाई काठमाडौंको उपमेयरमा सिफारिश गरेको हो।
कोमल वली तुलसीपुरको मेयरमा सिफारिश भएकी छन्। राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठका अनुसार काठमाडौं जिल्ला समितिले रेखालाई काठमाडौंको उपमेयरमा सिफारिश गरेको हो। कोमल वली तुलसीपुरको मेयरमा सिफारिश भएकी छन्।
स्थानीय तहको निर्वाचनका लागि राप्रपाले जिल्ला कार्य समितिबाट आएका सिफारिशका आधारमा उम्मेदवार चयन गर्ने गर्छ। राप्रपाका सहप्रवक्ता श्रेष्ठ भन्छन्, ‘काठमाडौं जिल्ला कार्य समितिले अभिनेत्री रेखा थापालाई काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवारका लागि सिफारिस गरेको छ।’ दाङ जिल्ला समितिले गायिका कोमल वलीलाई तुलसीपुर नगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिश
गरेको उनले जानकारी दिए। जिल्लाको सिफारिशमाथि केन्द्रीय कार्यालयले एक साताभित्र निर्णय दिनेछ।
‘राप्रपामा आवद्ध कलाकारहरुमध्ये अभिनेत्री रेखा थापा र गायिका कोमल वलीलाई उम्मेद्वारको रुपमा पठाउने तयारी छ। बाँकी कलाकारहरुको उम्मेदवारी आउन बाँकी छ,’उनले भने ।

  • कांग्रेस एमालेबाट पनि कलाकार उम्मेदवार बन्दै

नेपाली कांग्रेस तथा एमालेले पनि स्थानीय तहको निर्वाचनमा कलाकारलाई उम्मेदवार बनाउँदैछन्। कांग्रेसको तर्फबाट संगीतकार दीपक जंगम धुलिखेलको वडा अध्यक्षमा उठ्ने तयारीमा छन्। उनीबाहेक निर्माता चिरञ्जीवी बस्नेत ईनरुवाबाट वडा अध्यक्षमा उठ्न दौडमा छन्। नेपाल चलचित्र संघका मधुसुधन प्रधान काठमाडौं वडा नम्बर २१ को वडा अध्यक्षमा सिफारिशमा परेका छन्। ‘नेपाली कांग्रेसमा आवद्ध केही कलाकारहरु स्थानीय तह निर्वाचनमा उठ्ने तयारीमा छन्। केही दिनभित्र पाटीको तर्फबाट उम्मेद्वारी पाउने टुंगो लाग्नेछ,’नेपाली कांगेस सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले भने ।
नेकपा एमाले तर्फबाट पनि कलाकार उम्मेदवार बन्ने दौडमा छन्। ब्रिजकिशोर सहनी, नीरगगन सिंह, वीरबहादुर बुढाथोकी र भुवन रिजाल लगायत कलाकारहरुले स्थानीय निकार्य निर्वाचनको मेयर, उपमेयर,वडा अध्यक्ष लगायत पदको लागि उम्मेद्वारी दिने चर्चा छ। ‘स्थानीय निकार्यको निर्वाचनमा उम्मेद्वारी पाएका र सिफारिसमा परेका कलाकारहरुको अन्तिम नामावली केही दिनभित्र टुंगो लाग्दैछ,’ नेपाल कम्युनिष्ट पाटीको सांस्कृतिक संघका खगेन्द्र राईले भने । नागरिकवाट

3610
Shares

ट्रेन्डिङ