सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पनौततीलाई देश कै दोस्रो पर्यटकिय नगर बनाउनेछु : आरजुकुमार के.सी.

पनौततीलाई देश कै दोस्रो पर्यटकिय नगर बनाउनेछु : आरजुकुमार के.सी.

4020
Shares
पनौततीलाई देश कै दोस्रो पर्यटकिय नगर बनाउनेछु : आरजुकुमार के.सी.

० स्थानीय तहको चुनाव नजिकै आइसक्यो, दिन कसरी बित्दैछन् ?
हजुर चुनावको तिथि नजिकै आइसकेकोले मतदाताहरुसँग मत माग्न घर दैलो गरिराछु । चुनावी दौड मै छौं, प्रचारप्रसार, घरदैलो कार्यक्रममा नै व्यस्त छौं ।
० चुनावी अभियान कसरी अगाडि बढाइरहनु भएको छ ?
एकदमै उत्साहजनक रुपमा चुनावी अभियान भइरहेको छ । सबैसँग आफ्नो धारणा तथा एजेण्डाहरु बुझाउँदै मत माग्दै गर्दा म उत्साहित भइरहेको छु ।

इन्द्रबहादुर थापा, मेयरका उम्मेदवार (राष्ट्रिय प्रजातन्त्र पार्टी), पनौती नगरपालिका

० राप्रपाको पक्षमा माहौल कस्तो छ ?
एकदमै राम्रो भैराछ । असाध्यै सकारात्मक माहौल पाएको छु । सबैले हाम्रो एजेण्डा मन पराइरहेको पाएकोछु । हाम्रो संस्कृति र संस्कार जोगाउने एक मात्र दल राप्रपा भएको कारण पनि मतदाताहरु राप्रपालाई गाई चिन्हमा मतदान गर्न आतुर रहेको पाएको छु । यो बिचमा राप्रपाले धेरै प्रगति गरिरहेको छ । त्यसकारण जनताहरुले हामीलाई विश्वास गरिरहेका छन्् ।
० पनौती नगरमा विजयी हुने आधार के छ ?
राजनीति क्षेत्रमा पनि लागेको, सामाजिक रुपमा पनि लागेकोले म मा पनौतीको विकास र सम्बृद्धि गर्न सक्ने खुबी छ । त्यसैले अहिले निकै उत्साहित भएको छु । चुनावी प्रचार प्रसार पनि राम्रो भएको छ । हामीले एजेण्डा लिएर जाँदा राप्रपाको पक्षमा माहौल बढेको छ । म यस क्षेत्रमा भिजेको र आफूमा रहेको विकासमा तल्लिन रहने मेरा कार्यहररुले अरुले भन्दा मैले यो नगरमा काम गर्ने सजिलो हुन्छ, त्यसैले म उत्साहित छु । म यस नगरको नेतृत्वको लागि सक्षम छु । यिनै आधारहरु मेरो विजयी हुने आधारहरु हुन्् ।
० पनौतीको माहौल कस्तो रहेको छ ?
हिजो सीमित घेरामा नगर रहेको थियो । अहिले पनौती फैलिएको छ । गाउँका मानिसहरु सबैले पनौतीलाई केही गर्नुपर्छ भनेका छन्् । यसले गर्दा हामीलाई थप उर्जा र हौसला मिलेको छ । राप्रपाको पक्षमा जनलहर बढेको छ । अहिलेसम्मको परिस्थिति हेर्दा यस नगरका धेरै पदमा नेपाली राप्रपा विजयी हुनेछ ।
० तपाईंको मुख्य प्रतिस्पर्धी पार्टी कुन हो ?
विशेष गरी एमालेसँग अलिक प्रतिष्पर्धा होला । माओवादी कांग्रेसको पनि को राम्रै देखिन्छ । मेरो प्रतिष्पर्धी सबै पार्टी हुन्् ।
० तपाईका विकासका एजेण्डा के के ?
सर्व प्रथम त पनौतीलाई देश कै दोस्रो पर्यटकीय नगरको रुपमा विकास गरी पनौतीलाई देश विदेशमा चिनाउने मेरो एजेण्डा रहेको छ । हाम्रो र राम्रो नगर भन्ने भावना विकास गर्नु आवश्यक छ । मेरोे एजेण्डा भनेको हाम्रो पनौती राम्रो पनौती बनाउने हो । त्यस पछि विकास निर्माणको कुरा गर्नु पर्दा पनौतीमा जोडिएका सबै गाउँपालिका, नगरपालिकालाई सडक मार्फत जोड््ने हो । ऐहिासिक यस पनौती नगरलाई व्यापारिक केन्द्र बनाउने, गाउँमा उत्पादित कृषिजन्य, दूधजन्य पदार्थहरु, कृषिका उपजहरु पनौतीसम्म ल्याउने र पनौतीमा उत्पादन भएका सामानहरु गाउँसम्म पु¥याउने छौं । त्यसैगरी खानेपानी पनौतीका हरेक वडा वडामा पु¥उने रहेको छ । नगरवासीलाई आवश्यक खानेपानी व्यवस्थित गर्ने । त्यस्तै धेरै युवाहरु विदेशिरहेका छन््, पढेर पनि रोजगार पाइरहेको छैन, नयाँ रोजगारीको सिर्जना गर्ने र युवाहरुलाई निःशुल्क रुपमा ऋण, अनुदानहरु उपलब्ध गराउने । कृषिलाई आधुनिकीकरण गर्ने, पशुपालनलाई व्यवसायिक गर्ने, महिलाहरुलाई सचेतिकरण गर्ने लगायत छन्् ।
पनौती राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि प्रख्यात ठाउँ हो । हामीले यसलाई थप सम्वृद्धितर्फ लग्नको लागि पर्यटकहरुलाई धेरै भन्दा धेरै सुविधा सहित पनौतीमा राख्न सकिने गरी स्वच्छ, सफा र हराभरा पनौती बनाउनु आवश्यक छ । अर्को समस्या फोहोर व्यवस्थापन हो । डम्पिङ्ग साइडहरुबाट फोहोरहरु व्यवस्थापन गर्नु आवश्यक छ । यसको लागि दीर्घकालिन योजना लयउनेछु । पर्यटकहरुलाई लामो समयसम्म पनौतीमा राख्न सकियो भने मात्र पनौतीको विकास हुन्छ भन्ने सोचेका छौं र यसलाई पनि हामीले योजनामा राखेका छौं । हाम्रो ५ वर्षे कार्यकालमा पनौतीको हरेक सपना पूरा गर्ने सोचमा छौं । व्यवसाय गर्ने युवाहरुलाई निःशुल्क ऋण, अनुदान उपलब्ध गराउने, उद्योग धन्दाहरु बिस्तारको वातवरण निर्माण गरी रोजगारीको सिर्जना गर्ने योजना रहेको छ ।
० वृद्ध, महिला, एकल महिला, जनजाति, दलित यो निकायलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
हो यो विषयमा पनि हामी गम्भिर छौं । हामीले सबै नागरिकलाई सम्मान जनक बस्न पाउने व्यवस्थाको परिकल्पना गरेका छौं । यसको लागि पहिले सामाजिक सुरक्षाको ग्यारेण्टी गर्नु आवश्यक छ । महिला, जनजाति, दलितको लागि हामीले दुई वटा कुराहरु सोचेका छौं । पहिलो उहाँहरुलाई निकै क्रियाशील बनाएर अघि बढाउनु आवश्यक छ । अर्काे हामी सबै नागरिक बराबर हौं, सबै जना सम्मान जनक बाँच्नुपर्छ भन्ने कुराहरु छन्् । त्यसको लागि सचेना कार्यक्रम ल्याउनेछु ।
हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले दलितहरुको सम्मान गर्दै पनौतीको उप मेयर पदमा अप्सरा विकलाई उम्मेदवार बनाएका छौं । उहाँ एक त महिला त्यसमाथि दलित हुनुहुन्छ । उहाँमा पनौती विकासका लागि यूवा जोश पाएको छु ।

० तपाईं र तपाईंका उम्मेदवारलाई भोट किन हाल्ने ?
राप्रपालाई ढाँटी रहनुपर्ने केहि छैन, कहीं लुकाइ रहनुपर्ने छैन । हामी झुटको खेती गर्न जान्दैनौं । देशलाई सनातन हिन्दु राज्य बनाउनुपर्छ भन्ने हाम्रो पार्टीको मुख्य एजेण्डा हो । हामीले कहीं झुटका खेती गरेका छैनौं । काठमाडौँको सिंहदरवारमा केन्द्रित शासन–प्रशासन, योजना र विकास उपर निर्णय गर्ने जिम्मेवारी अब स्थानीय सरकारको माध्यमबाट गाउँ–नगरका जनतासम्म आएको छ । जनताले अब आफ्ना पीर मर्का र विकास–निर्माणसँग सम्बन्धित मांग स्थानीय सरकारसँग सजिलै राख्न सक्ने र पुरा गर्न–गराउन सक्नेछन्् ।
महत्वपूर्ण निर्वाचनमा मतदान गर्दा हतारमा निर्णय गर्नु हुँदैन । कुन पार्टीले देश र नगर विकास गर्छ ? जनताका अधिकार संरक्षण गर्न सक्छ ? कुन पार्टीले विभिन्न जाती, भाषा, संस्कृति र जनताका बीच सद््भाव कायम राखेर राष्ट्रिय एकता बलियो बनाउन सक्छ ? कुन पार्टी देशमा दिगो शान्ति र विकासका लागि पत्यारिलो छ ? यी प्रश्नहरुको विचार गरेर मात्र मतदानको निर्णय गर्नुहोस्् । नेपाली राप्रपा राष्ट्रियता, लोकतन्त्र, शान्ति र विकासको कसीमा खारिएको नेपाली राप्रपा पार्टीका उम्मेदवारलाई रोज्न म आग्रह गर्दछु ।
० तत्कालीन र दिर्घकालीन योजनाहरु के के छन्् ?
पनौतीमा प्रशासनिक सुधार गर्नुपर्ने देखिरहेका छौं । त्यहाँ आउने नगरबासीहरुले चुस्त दुरुस्त रुपमा सेवा पाउन सकुन्् । शान्ति सुरक्षाका कुराहरु, ढल निकासका कुराहरु व्यवस्थित गर्नुपर्ने आवश्यक छ । अहिले मुख्य समस्या भनेको युवा विदेश पलायन र बेरोजगारी हो ।
यसका लागि कृषि, पर्यटन र सम्पदा संरक्षण, उद्योग, सहकारी, प्रविधि जस्ता क्षेत्रका उद्यमीलाई नीतिगत प्रोत्साहनसँगै निश्चित मात्राको अनुदान उपलब्ध गराई लगानी वृद्धि गरी गाउँमा रहेका युवालाई गाउँमै बस्ने वातावरण र रोजगारीका अवसर स्थानीय सरकारले सिर्जना गर्नु पर्दछ । पनौतीनगर रोजगारीका लागि निक्कै उर्वर भूमि हो । रोजगारी प्रवद्र्धनका निम्ति प्राविधिक शिक्षा र सीप विकासको व्यापक अवसर स्थानीय सरकारले सिर्जना गर्नुपर्दछ भन्ने पनौती राप्रपाको निष्कर्ष छ । यसका लागि हामीसँग भएका विश्वविद्यालय, क्याम्पस र माध्यमिक विद्यालयलहरुमा सिपमूलक र प्राविधिक शिक्षामा नेपाली राप्रपाले पहिलो प्राथमिकता दिने पनि म वचन व्यक्त गर्न चाहन्छु ।
० अन्त्यमा केही नगरबासीहरुलाई ?
म महिला, जनजाति, दलितहरुको सन्दर्भमा म निकै संवेदनशील छु । अहिले पनि जातिय, भेदभाव, छुवाछुतका मुद्धाहरु निःशुल्कमा गरी सहायता गरिरहेको छु । अहिले पनि इमान्दारितापूर्वक, सामाजिक सेवामा लागिरहेको छु । अहिलेको स्थानीय तहको निर्वाचनमा अहिले आफ्नो पार्टी होईन, विश्लेषणका साथ राम्रो मान्छे र देश र नगरको समुन्नत विकास गर्न सक्ने सक्षम व्यक्तिलाई छान्नको लागि सबै नगरबासीहरुलाई आग्रह गर्दछु ।  र अन्त्यमा गाई चिन्हमा मतदान गरी नेपाली राप्रपालाई अत्याधिक बहुमले विजयी गराउन सबैलाई विनम्र आग्रह गर्दछु । आम नेपालीको सुखदुःखका साथि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुलाई यहाँहरुको अमुल्य मत प्रदान गरिदिनुहुन दुई हात जोडेर अनुरोध गर्न चाहन्छु ।
4020
Shares

ट्रेन्डिङ

सम्बन्धित खवर