सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रचण्ड पुत्रीको महानगरमा सर्वदलीय बैठकमा चर्काचर्की, मतगणना अनिश्चित

प्रचण्ड पुत्रीको महानगरमा सर्वदलीय बैठकमा चर्काचर्की, मतगणना अनिश्चित

4015
Shares
प्रचण्ड पुत्रीको महानगरमा सर्वदलीय बैठकमा चर्काचर्की, मतगणना अनिश्चित

चितवन, जेठ १ । सर्वदलीय बैठकमा चर्काचर्की परेपछि माओवादी अध्यक्ष प्रचण्डकी छोरी रेणु दाहाल मेयर पदमा उम्मेदवार रहेको चितवनको भरतपुर महानगरपालिकामा मतगणना अनिश्चित भएको छ । मतगणनाको तयारीका लागि बसेको सर्वदलीय बैठकमा दलहरुबीच विवाद भएपछि मतगणना अनिश्चित बनेको हो ।
दुई घण्टादेखि बसिरहेको सर्वदलीय बैठकमा दलहरुबीच विवाद भएपछि कुनै निश्कर्ष निस्कन सकेको छैन । यहाँ मेयर पदमा प्रचण्डपुत्री रेणुलाई कांग्रेसले समर्थन गर्ने र उपमेयरमा कांग्रेसलाई माओवादीले समर्थन गर्ने गरी चुनावी समीकरण बनेको थियो । प्रचण्डपुत्रीको उम्मेदवारी र दुई ध्रुवीकृत दलबीचको चुनावी समीकरणका कारण यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

4015
Shares

ट्रेन्डिङ