सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कपडामा चुइगम टाँसियो ? यसो गर्नुहोस

कपडामा चुइगम टाँसियो ? यसो गर्नुहोस

6745
Shares
कपडामा चुइगम टाँसियो ? यसो गर्नुहोस

चुइगम चपाउनु जति आनन्ददायक हुन्छ, त्यसको रस सकिएपछि व्यवस्थापन गर्न त्यति नै झन्झटिलो मानिन्छ । धेरैले चुइगमको रस सकिएपछि बाँकी रहेको छोक्रा जहाँ पायो त्यहीँ फाल्ने या टाँसेर छाडिदिने गर्छन् । यस्तो चुइगम कपडामा टाँसिएमा हटाउन भने निकै नै समस्या हुन्छ । जसले गर्दा महँगो मूल्यमा खरिद गरेको पहिरन लगाउनै नपाउने अवस्था उत्पन्न हुन सक्छ । चुइगमलाई कपडाबाट हटाउने तरिका थाहा नहुँदा झनै यस्तो समस्या हुने हो । टाँसिएको चुइगमलाई कपडामा असर नपर्ने गरी हटाउने केही तरिका यस्ता छन् :
चुइगम टाँसिएको कपडालाई हेयर ड्रायरको मद्दतले सजिलै हटाउन सकिन्छ । ड्रायरबाट निस्कने तातो हावाले चुइगमको ग्लु कमजोर बनाइदिन्छ । तर, ड्रायर चलाउँदै गर्दा आफ्नो हात र कपडालाई तातोको जलनबाट भने जोगाउनुपर्छ । सिल्कको कपडामा चुइगम टाँसिएको छ भने यो विधि प्रयोग नगर्नु नै उत्तम हुन्छ ।
चुइगम लागेको स्थानमा लन्ड्री साबुन प्रयोग गरेर पनि हटाउन सकिन्छ । चुइगम टाँसिएको स्थानमा लन्ड्री साबुन लगाएपछि टुथब्रसको मद्दतले चुइगम लागेको स्थानमा रगड्ने । यसलाई निरन्तरता दिँदा चुइगमको ग्लु कमजोर हुन्छ र कपडा सफा हुन्छ ।
चुइगम लागेको कपडामाथि कार्डबोर्ड राख्ने । त्यसमाथिबाट तातो आइरनले कपडा प्रेस गर्ने । तातो आइरनले गर्दा चुइगमको टाँसिने शक्ति कमजोर बनाइदिन्छ । जसले गर्दा चुइगम कपडाबाट छुट्टिन्छ र कपडा सफा हुन्छ ।
कपडामा लागेको चुइगम हटाउन आइस प्याक पनि उपयोगी हुन्छ । त्यस्तो कपडालाई दुईवटा आइस ब्यागको बीचमा राख्ने । धेरै चिसोले गर्दा चुइगम निकै कडा हुन थाल्छ । निकै कडा भएपछि चुइगम आफैँ कपडाबाट छुट्टिएर खस्छ ।
सफा भाइनेगरलाई तातो बनाएर चुइगम टाँसिएको स्थानमा रगड्ने । यसो गर्दा पनि सजिलै कपडाबाट चुइगम हटाउन सकिन्छ ।
–नयाँ पत्रिका
 

6745
Shares

ट्रेन्डिङ