सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • इन्द्रावती नदीमा बाढी: काभ्रे तर्फ भौतिक र मानवीय क्ष’ति छ की छैन् ?

इन्द्रावती नदीमा बाढी: काभ्रे तर्फ भौतिक र मानवीय क्ष’ति छ की छैन् ?

7140
Shares
इन्द्रावती नदीमा बाढी: काभ्रे तर्फ भौतिक र मानवीय क्ष’ति छ की छैन् ?

इन्द्रावती नदीको मुलमा हिजो आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका नराम्रोसँग प्रभावित बनेको छ । ५० जनाभन्दा बढी सम्पर्क बिहीन रहेको प्रारम्भिक अनुमान गरिएको छ । अर्बौंको भौतिक संरचना ध्वस्त भएको छ ।

इन्द्रावती नदीले काभ्रेको मण्डनदेउपुर नगरपालिकाका केहि वडा पनि छुन्छ । हिजोको बाढीले अहिलेसम्म कुनै मानवी र भौतिक क्ष ति भएको जानकारी नआएको नगरप्रमुख टोक बहादुर वाईबाले जानकारी दिनुभयो ।

इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिकाको ६, ७, ९, १० र १२ नम्बर वडा छुन्छ । बाढीले पुर्याएको क्ष तिका विषयमा बुझ्न सम्बन्धित वडाका जनप्रतिनिधिहरूलाई आग्रह गरिसकिएको नगरप्रमुख वाईबाले बताउनुभयो ।

‘अहिलेसम्म बाढीले मानवीय र भौतिक क्ष ति पुर्याएको कुनै विवरण आईसकेको छैन्, बाढीले इन्द्रावती नदी आसपासका खेतीपातीमा क्ष ती पुर्याएको हुन् सक्छ, सम्बन्धित वडाका जनप्रतिनिधिलाई बुझ्न आग्रह गरिसकेको छु ।’ जिल्ला प्र’हरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले पनि जिल्लामा इन्द्रावती नदीको बाढीले मानवीय र भौतिक क्षति नपुर्याएको बताउनुभयो ।

‘हिजो हामी राति अबेरसम्म इन्द्रावती नदी किनार आसपासका सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न भनिरहेका थियौँ । कुनै क्षति पुगेको छैन् । इन्द्रावती नदी आसपास रहेका हाम्रा सबै शक्तिलाई पनि उच्च सर्तकताका साथ बस्न भनेका छौँ, डिएसपी खतिवडाले भन्नुभयो ।’

7140
Shares

ट्रेन्डिङ