सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसमा पहिलो ईतिहास बनाउने युवा नेता गणेश लामा को हुन् ?

काभ्रे काँग्रेसमा पहिलो ईतिहास बनाउने युवा नेता गणेश लामा को हुन् ?

11160
Shares
काभ्रे काँग्रेसमा पहिलो ईतिहास बनाउने युवा नेता गणेश लामा को हुन् ?

 

को हुन यूवा नेता गणेश लामा ? कहाँबाट आए उनी ? कँहा बाट कसरी स घ र्ष गरेर आज यस ठाउँमा आईपुगे । सबैको चासो र उत्सुकता अनि कौतुहलता आफैमा बोकेको नाम हो यो । प्रत्यक्ष नदेख्नेले समेत सुनेको नाम हो ।

गणेश लामा आफैमा एक चर्चित नाम हो । उनी कूनै ठूलो घरानाको होईनन् तर पनि खाना खानै नपुग्ने परिवारमा जन्मेका पनि हैनन् । हुने खाने परिवारमा नै जन्मेका हुन् ।

लामा काभ्रेको तत्कालिन खहरे पाँगु गाविस हाल रोशी गाउँपालिका वडा नम्बर १ मा २०३५ साल कार्तिक १३ गते जन्मिएका हुन् । जहाँ दलित समुदायको बाहुल्यता छ । परियार र विकहरुको ठूलो बस्ति रहेको रोशीको रमणीय स्थलमा जन्मेका हुन् उनी ।

लामा राजनितिक पृष्ठभूमि भएका परिवारमा जन्मेका कारण पनि उनमा सानैदेखि राजनितिक चेतना रहेको थियो । उनका पिता पाल्साङ तामाङ पहिले देखि नै राजनीतिमा सक्रिय थिए ।

२०२३ सालदेखि २०३६ सालसम्म चलेको पञ्चायत विरोधी भूमिगत संघर्षमा लामाका पिता पाल्साङ सामेल भएका थिए । २०३६ सालको जनमत संग्रहपछि कांग्रेस छाडेर पञ्चायतलाई समर्थन गर्न थाले उनका पिता पाल्साङले ।

त्यसपश्चात उनी दुई पटकसम्म प्रधानपञ्च र जिल्लाको उपसभापति हुँदै २०४६ सालमा भएको जनआन्दोलन पश्चात फेरी राप्रपामा प्रवेश गरे । अहिले अप्रत्यक्ष रुपमा कांग्रेसलाई सघाउँदै आइरहेका छन् उनका पिता पाल्साङले ।

उनका पिता पाल्साङले रञ्जु थापा क्षेत्रीसँग अन्तरजातिय विवाह गरेका थिए । गाउँमा जन्मे पनि बाल्यकालदेखि नै काठमाडौंमा अध्ययन गर्न गएका थिए । २०३६ साल मै उनका बुवाले काठमाडौंको भिमसेन गोलामा घर बनाइसकेका थिए ।

उनी काठमाडौंमा हुर्के । बाल्यकालमा उनी फुटबल प्रेमी थिए । खेलाडी बन्ने सपना बोकेर हिँडेका उनी फुटबल खेल्दा किपर बस्ने गर्थे । निकै सालिन धेरै नबोल्ने लामाले काठमाडौंको कमल नेत्र स्कुलबाट प्रावि तह र एसएलसी भने कमल आदर्शबाट सेकेन्ड डिभिजनमा पास गरेका थिए ।

त्यसपछि उनी पशुपति क्याम्पसमा पढ्न भर्ना भए । सोहि क्रममा राजनीतिमा आकर्षित भएको लामा बताउँछन् । त्यतिबेला माओवादी युद्ध चर्किदै गएको थियो । माओवादीहरुले उनको घर कब्जामा लिए । त्यसपछि उनको आमा विस्थापित भई काठमाडौंमा पुगिन् ।

बाबु र आमा दुवैको छोरो डाक्टर, इन्जिनियर र पाइलट नै बनोस् भन्ने इच्छा थियो । काठमाडौंमा अध्ययन कै शिलशिलामा उनी राजनीतिसँग जोडिनपुगे ।

नेपाली कांग्रेस दुई भागमा विभाजित हुँदा उनी शेरबहादुर देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेसतिर ढल्के । स्ववियु चुनाव आएपछि विद्यार्थी संगठनबीच ‘झै झ ग डा’ हुन्थ्यो । ठूलो झ ग डाको शुरुवात त्यसबेल त्रिचन्द्र क्याम्पसबाट भयो ५७/५८ सालमा स्ववियु चुनावमा ।

त्यसबेला पार्टीका साथीहरुलाई सहयोग गर्न उनी त्रिचन्द्र क्याम्पस पुगेका थिए । त्यहाँ परिस्थीति अर्कै बनेको थियो । कांग्रेस संस्थापन पक्ष र एमाले निकट अखिलबीच गठबन्धन भएको थियो ।

तर त्यहाँ प्रजातान्त्रिक विद्यार्थी संगठन बलियो थियो । त्यसबेला उनीहरुले लामा पक्षमाथि आ क्र मण गरे । उनी चाहान्थे विचार बोकेको आधारमा कसैमाथि आ क्र म ण नहोस् । तर, परिस्थिति त्यस्तो भएन ।

प्रजातान्त्रिक कांग्रेस भएकै कारण साथीहरु कुटिएका देखेर उनको युवा जोस थियो । साथीहरुमाथि अन्याय हुँदा सहन नसक्ने स्वभाव थियो । उनले साथीहरुलाई सहयोग गरे ।

विविध कारणले उनको पढाइ अगाडी बढ्न सकेन । करिब एक वर्ष उनले काठमाडौंको सोल्टी होटलमा सुपरभाइजरमा जागिर खाए । त्यहाँ उनले म्यानेजमेन्टबारे केहि सिक्ने मौका पाए । त्यसपछि उनले आफ्नो पुर्खौली सम्पत्ति लगानी गरेर व्यावसायमा हात हाले ।

सुरुमा ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याए लामाले । १५ वर्षअघि उनले आफ्नै जातका तामाङकै छोरीसँग मागि विवाह गरे । व्यापारबाटै परिवार धानीरहेका उनको परिवार कोही आएर ध म्का उने, फ्रिमा खान खोज्ने, कसैले दबाउन खोज्ने गर्दा तामाङको छोरो सहेर बस्न सकेनन् अनि प्र ति का र गर्न थाले ।

झ ग डा गरिहाल्ने स्वभाव नभए पनि विविध परिस्थितिले उनी झ ग डामा होमिन पुगे । देशमा कानुन छ र कानुन भन्दामाथि कोही पनि छैन भन्ने धारणा बोक्ने उनलाई केही झू टा मु द्दा लगाएर उनीमाथि ष ड यन्त्र पनि सुरु भयो ।

प्र ह रीले विभिन्न बहानामा प क्रा उ गरे तर प्रमाण नभेटिएपछि रिहा भए लामा । रेष्टुरेन्ट व्यवसाय र क्रसर सञ्चालनका क्रमसँगै लामाले समाज सेवामा पनि हात हाले । समाजसेवाको लागि लामाले शिक्षा क्षेत्र रोजे । किनभने समाज परिवर्तनका लागि नागरिक चेतनशील हुनुपर्छ भन्ने उनको मान्यता थियो ।

माओवादी यु द्धकाल मै लामाले काभ्रेका धेरै विद्यालयमा निःशुल्क कोचिङ कक्षा चलाएका थिए । टेष्ट परिक्षा सकिएपछि बाँकी रहेको तीन महिना एसएलसीको तयारीको लागि विद्यार्थीले कोचिङ पढ्नु पथ्र्यो ।

कयौँ विद्यार्थीसँग पैसा हुँदैनथ्यो । त्यसबेला उनले कयौँ विद्यालयमा काठमाडौंबाट पैसा पठाए विद्यार्थीलाई कोचिङ पढाउन भने । गणेश लामाको पैसाले कुनै विद्यालयले कोचिङ चलाएको थाहा पाएमा माओवादीले त्यो स्कुल नै बन्द गरिदिन्थ्यो । तर, उनले पवित्र धारणाले कोचिङको लागि लगानी गरेका थिए । कसैले धन्यवाद देओस् वा मिडियामा आओस् भनेर होइन ।

लामाको सहयोगले धेरै मान्छेले शिक्षाको उज्यालो ज्योति पाए । त्यसैमा उनी प्रफुल्लित थिए । त्यसलाई उनले आफ्नो सफलता माने । तर लामाले सहयोग गरेको कसैलाई थाहा थिएन । धेरै स्कुललाई १० वर्षसम्म लगातार पैसा दिएका थिए लामाले ।

एउटा विद्यालयबाट ३० देखि ३५ जना विद्यार्थीले एसएलसी दिन्थे । उनकै सहयोगबाट कोचिङ पढी कयौँ पास हुन सफल भए । लामा भन्छन्—‘गणेश लामाले अ प रा धको दुनियाबाट पैसा कमायो भन्छन् तर, मैले के अ प रा ध गरेँ ? के मैले ड्र ग्स बेचेको छु ? सुन तस्करी गरेँ ? काम गरेर पैसा कमाइरहेको छु ।

मेरो रेष्टुरेन्ट व्यावसाय, क्रसर उद्योग, निर्माण कम्पनीहरु जहाँ सयौँ युवाहरु रोजगारीमा छन् । के वेरोजगार यूवाहरुलाई रोजगारी दिनु के मेरो अ प रा ध हो ?’ उनी थप्छन्—‘म अ प राधमा हिँजो पनि थिइनँ । आज पनि छैन र भोली पनि हुने छैन । म यस्तो स्वभावको मान्छे हुँ ।

कसैलाई अन्याय अत्याचार हुँदा सहयोग गर्छु । म जाँड रक्सी खाँदिन । जुवातास खेल्दिन । ला गु प दार्थको एक पत्ता मैले खाएको छैन । म सेन्समा काम गर्ने मान्छे हुँ । म जन्मदै गर्दा काठमाडौंमा घर बन्दै थियो । यहाँ नै हुर्किएँ र केही संस्कार पाएँ ।’

लामा आफूलाई अ प रा ध गरेर स म्प ति कमाएको भन्दा दुःख लाग्ने गरेको बताउँदै गुनासो गर्छन्, ‘नेपालमा रिस फेर्नका लागि मु द्दा लगाइन्छ । सायद मेरा वि रु द्ध पनि कोही लागेको होला ।

म निष्ठा र इमानदारीपूर्वक व्यापार र राजनीति गर्दै आएको युवा हुँ । मेरो पनि दिमाग छ । खट्न सक्छु । मैले समाज प्रति योगदान गरेको छु । मैले यसरी नै अघि बढ्दा केही मान्छेहरु म देखि अत्तालिएको हुनसक्छ ।

कसैको चरित्र ह त्या गरेर आफ्नो व्यावसाय अघि बढाउँदा यसले राम्रो हुन्छ र ?’ उनी भन्छन् संसारमा सम्पूर्णले भरिपूर्ण र कमजोरी नभएका मान्छे हुँदैनन् ।

गौतम बुद्धको पनि कुरा का ट्नेहरु थिए । राम भगवानको पनि कुरा काट्नेहरु छन् । बिन लादेनलाई विश्वले अ प रा धी मानिरहँदा एउटा जात र समुदायले आफ्नो मुक्तिको लागि लड्ने भगवान मानिरहेको छ ।

काभ्रे जिल्लामा लामाले गरेको समाजसेवाको प्रभाव देख्न सकिन्छ । चाहे भूकम्पको बेला होस् या त्योभन्दा अघिको समय उनले काभ्रेलीहरुलाई हर पीडाको घडीमा निकै सहयोग गरेका छन् ।

२०७० को निर्वाचनमा लामाले चुनाव लड्दा ६ हजार भोट ल्याए । त्यो भोट त्यसै आएको थिएन । लामाको समाजसेवाको परिणाम थियो ।

२०७४ सालमा भएको प्रदेश सभाको निर्वाचनमा गणेश लामा एमालेका उम्मेदवार चन्द्र लामासँग पराजित हुनुभएको थियो । निर्वाचनमा पराजित भएपनि आफ्नो निर्वाचन क्षेत्र संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) का नागरिकको हरेक सुःख, दुःखमा साथमै हनुभएको छ ।

लामा २०७८ साल मंसिर ६ गते भएको निर्वाचन क्षेत्र नम्बर १ को अधिवेशनबाट ८०२ मत सहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।

राजनीतिमा निरन्तरता सबै भन्दा महत्वपूर्ण पक्ष हो । त्यहि निरन्तरताका कारण लामा १४ औँ महाधिवेशनबाट खुल्ला सदस्य तर्फबाट १७ सय ८२ मतका साथ विजयी भए ।

३५ जना सदस्य निर्वाचित खुल्ला सदस्यमा ९९ जनाले उम्मेदवारी दिएका थिए । ३५ जनाभित्र खुल्ला सद्रस्य तर्फ अटाएर लामाले काभ्रे काँग्रेसमा एउटा इतिहास रचेका छन् ।

‘मलाई राजनिति गर्नुछ । समाजको विकास गर्नु छ । आफूलाई सफल राजनितिज्ञ बनाउनु छ । म नेता हुँ । जनताको सेवा नै मेरो धर्म हो । आफू समाजमा सेवाको लागि राजनीतिमा लागेको हुनाले बाँचुन्जेल देश र जनताको सेवामा लाग्ने प्रण गर्छु । लामाले भन्नुभयो ।’

 

 

11160
Shares

ट्रेन्डिङ