काभ्रेमा को रो ना भाइरसका सक्रिय बिरामीको संख्या ५० नाघेको छ ।
पछिल्लो २४ घण्टामा ८ जनामा को रो ना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३१ जनाको नमुना परीक्षण गर्दा ८ जनामा स ङ्क्र मण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेमा पछिल्लो केहि दिनदेखि को रो ना संक्रमित बढ्न थालेको हो । हिजो १५ जनामा सं क्र म ण देखिएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ४ जना सं क्र मित निको भएका छन् ।
यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना स ङ्क्र मणका कारण कसैको पनि ज्या न गएको छैन ।
अहिले सबैभन्दा धेरै को रो नाका सक्रिय बिरामी बनेपामा रहेका छन् त्यहाँ २७ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।
त्यस्तै धुलिखेलमा ८,नमोबुद्धमा ५,पनौतीमा ६,मण्डनदेउपुरका २,भुम्लुका ३ र बेथानचोकका १ जना सक्रिय बिरामी रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा २१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित काभ्रेमा दुई लाख चार हजार ६ सय १८ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।
यस्तै एक लाख ९९ हजार सात सय ३८ जनाले दोस्रो मात्रा खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।