सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१

आज केपी ओली काभ्रे आउँदै

3830
Shares
आज केपी ओली काभ्रे आउँदै

 

काभ्रे : नेकपा एमालेका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज धुलिखेल आउँदै हुनुहुन्छ ।

एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशन उदघाटनका लागि अध्यक्ष ओली धुलिखेल आउन लाग्नुभएको हो । ओलीले धुलिखेल आउनु अघि काठमाण्डौबाट आज देशका विभिन्न ठाउँमा हुने जिल्ला अधिवेशनहरुको एकैसाथ भर्चुअल माध्यमबाट उदघाटन गर्ने कार्यक्रम छ ।

काठमाण्डौको कार्यक्रम बिहान ११ बजे राखिएको बताइएको छ । त्यो कार्यक्रम सकिएपछि मात्रै ओली काभ्रे आउनु हुनेछ । एमाले काभ्रेले ओली आउने भएपछि ब्यापक कार्यकर्ता उतार्दैछ ।

धुलिखेल स्थित रंगशालामा कम्तिमा ३० हजार कार्यकर्ता उतार्ने एमाले काभ्रेले दाबी गरेको छ । ठाउँ ठाउँबाट विभिन्न झाँकी रहितका र्‍यालीनिस्कनेछ । मञ्च ब्यवस्थापन देखि प्रचारप्रसारको काम लगभग सकिएको छ । अधिवेशन मुल आयोजक समितिले पार्किङ रुट र र्‍यालीको रुट समेत सार्वजनिक गरेको छ ।

जिल्लाको १३ वाटै स्थानीय तहबाट प्रतिनिधिहरु धुलिखेलका लागि हिडिसकेका छन् । कतिपय प्रतिनिधि हिजै साझँ धुलिखेल, बनेपा आएर बसिसकेका छन् । अधिवेशन अवधिभर धुलिखेलका होटलहरु खाना र कोठामा २५/२५ प्रतिशत छुट दिने निर्णय गरिसकेका छन् ।

अरनिको राजमार्ग अन्तर्गत साँगादेखि दोलाघाटसम्म स्वागत गेटहरु ठाउँ ठाउँमा राखिएको छ । धेरै जसो गेटमा अध्यक्ष केपी ओलीलाई राजनेता भनेर उल्लेख गरिएको छ । पोल, डिभाइडरहरुमा पार्टी र कम्युनिष्टको झण्डा राखिएको छ । धुलिखेल र बनेपालाई विशेष सिंगारिएको छ ।

 

3830
Shares

ट्रेन्डिङ