एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा मतगणना सुरु भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतदान केहिबेर अघि सकिएको थियो ।
अधिवेशन १४ सय ३५ जना प्रतिनिधिमा १३ सय ६३ मत खसेको छ । अहिले मतगणना भइरहेको छ ।
२८३ मत गन्दा उपाध्यक्षका उम्मेदवार चन्द्र लामा १३५ मत सहित अग्रस्थानमा हुनुहुन्छ । दोस्रो नम्बरमा कन्चन अधिकारीको ८० मत र हरिशरण दाहालको ६८ रहेको छ । एक जना उपाध्यक्ष, एक जना सचिब र एक जना उपसचिब गरेर ७९ पदमा निर्वाचन भएको हो ।
सचिबमा राजन भुर्तेल १५३ मत सहित अग्रस्थानमा हुनुहुन्छ । इन्द्र बहादुर तामाङ १४० मत रहेको छ ।