सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • खाना पकाउने एल.पि. ग्यासमा फेरी अर्को राजनीति

खाना पकाउने एल.पि. ग्यासमा फेरी अर्को राजनीति

4670
Shares
खाना पकाउने एल.पि. ग्यासमा फेरी अर्को राजनीति

खाना पकाउनेका एल.पि.ग्यासमा फेरि अर्को राजनीति शुरु भएको छ । ग्यास डिलरले पाउने कमिसन बढाउन मागसंग सगै ७ बुँदे माग पत्र सरकारलाई बुझाएका छन् । उनीहरुको माग पुरा नगरे ग्यास डिलरका तालाचाबी नै सरकारलाई बुझाउने चेतावनी ग्यास बिक्रेता महासंघले दिएको छ ।
महासंघका अनुसार खाना पकाउने ग्यासमा प्रति सिलिन्डर मूल्यबरावर ५ प्रतिशत अर्था कमिसन रु ३२ बाट बढाएर ६७ पुर्याउनु पर्ने माग राखेको छ । महासघका अध्यक्ष ज्ञानेश्जर अर्यालका अनुसार ६ वर्ष देखि कमिशन नबढेकाले यस पटक कमिशन जसरी पनि बढ्नु पर्ने यदि नबढाए एल.पि.स ग्यास वितरण नै बन्द गर्ने बताए । डिलरमा काम गर्ने कामदारको विमा, मुल्य अधिवद्धि कर (भ्याट) हटाउनुपर्ने र व्यवसायीमाथि थोपरिएको झुठा मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग महासंघले अघि सारेको अर्यालले जानकारी दिए ।
महासंघले राखेको ७ बुँदे माग जाहेज भएको र यदि महासंघको मागलाई पुरा नगरे आगामी पुस २९ देखि ग्यास उद्योगमा धर्ना तथा तालाबन्दी गर्ने नेपाल आयल निगम घेर्ने देखि लिएर ग्यास विक्री वितरण नै रोक्ने सम्मको कार्यक्रम रहेको महासंघले बताएको छ ।

4670
Shares

ट्रेन्डिङ