काभ्रेको बनेपा नरपालिका वडा नं ८ को वडा अध्यक्षका लागि नेपाली काँग्रेसको तर्फबाट एक महिला सर्वसम्मत सिफारिस भएकी छन् ।
आसन्न स्थानीय तह चुनावका लागि शुभलक्ष्मी मानन्धरलाई काँग्रेसले वडा अध्यक्षका लागि सर्वसम्मत सिफारिस गरेको हो । उनले महिलाले पनि नेतृत्व लिन सक्छन् भन्ने हेतुले आफूले दाबेदार दिएको सबैको समाचारलाई जानकारी दिएकी छन् ।
२०४७ सालदेखि राजनितीमा लागेकी मानन्धर सानैदेखि राजनितीमा निकै रुचि भएको र आफ्नो रगत रगतमा काँग्रेस बताउछिन् । आफू निर्वाचित भए चैते झरीमा समेत डुबानमा पर्ने गरेको बनेपा पुल बजार क्षेत्रमा डुबान हुन नदिन विषेश पहल गर्ने र बनेपाका दुई स्थानमा आकाशे पुल निर्माण गर्ने आफ्नो पहिलो प्राथमिकतामा पर्ने उनको भनाई छ ।
बाँकी हेर्नुहोस् भिडियोबाट: