सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • जनताको सेवा गर्न’ मेरो उम्मेरदवारी हो, बेथानचोक गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार तिमल्सिना

जनताको सेवा गर्न’ मेरो उम्मेरदवारी हो, बेथानचोक गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार तिमल्सिना

4830
Shares
जनताको सेवा गर्न’ मेरो उम्मेरदवारी हो, बेथानचोक गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार  तिमल्सिना

जिल्लामा चुनावी माहोल तातिएको छ । स्थानीय तहको चुनाव यहि ३० गते हुँदैछ । आज रातीदेखी आचारसंहिता लागू हुँदैछ । जसका कारण जनप्रतिनिध चुनावी अभियानको दौडधुपमा व्यस्त छन् । बेथानचोक गाउँपालिका गठबन्धनका तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार तार राना तिमल्सिना पनि दौडधुपमा व्यस्त छन् ।

तार राना तिमल्सिना संगको अन्तर्वाता

चुनावी अभियान कसरी चल्दैछ ?
अहिले हामी चुनावी मैदानमा छौँ । चुनाव अघि पनि हामी गाउँघरमा सर्वसाधरणका बिचमै थियौ ं। अहिले विपक्षी दल मात्र नभई हामीहरु पनि अग्रज नेतृत्व, गठबन्धनका नेतागणहरुसँग जनताको घरदैलोमा पुगेका छौं, जसले गर्दा चुनावी सारगर्मी बढेको देखिन्छ । चुनावी अभियान त छँदै छ । हामी हिजो पनि जनताका साथमा नै थिर्यौ र आज पनि तिनै जनताको साथमा छौं । विगतको समयमा संगसंगै सहयात्रा गरेका आम बेथानचोकका नागरीकहरुले चुनाव समयमा मतदाताको घरदैलोसम्म नपुग्दा चित्त्त दुखाउलान भनेर पनि हामी जनताका घरदैलोमा मत माग्न व्यस्त छौं ।

गाउँपालिकामा तपाईंको उम्मेदवारी चाहिँ किन ?
यो विषयमा मैले धेरै वाक्य बोलिन । म एकै वाक्यमा मात्र उत्तर दिन्छु । ‘जनताको सेवा गर्न’

तपाईंले देख्नुभएको बेथानचोक कस्तो हो ?
कृषि, पर्यटन,धर्म संस्कृति,संस्कार त्यससँगै भौगोलिक जनसांख्यीक रुपमा विविधताले भरिपूर्ण क्षेत्र भनेकै बेथानचोक गाँउपालिका हो । प्रशस्त सम्भावना नै सम्भावनाले भरिपूर्ण क्षेत्रको रुपमा मैले बेथानचोकलाई देखेको छु । चुनौचतीहरुलाई सामाना गर्ने आत्मबल बल हुने हो भने नेपालकै नमुना गाँउपालिकाको रुपमा विकास गर्न सकिन्छ । त्यो आत्मविश्वस हामीमा छ । गठबनधनका तर्फबाट अध्यक्ष साझा उम्मेद्वार भगवान अधिकारी लगायत हाम्रो सम्पूर्ण टिमसंग बेथानचोकका सम्भावनाहरुलाई विकासमा रुपान्तरण गर्न सक्ने क्षमता र आत्मविश्वास छ । त्यस कारण बेथानचोक हाम्रा लागि विकास निर्माणको काम र समाजसेवा दुवै एकै पटक गरेर देखाउने उपयुक्त थलो हो ।

बेथानचोकको उपाध्यक्ष पदमा उम्मेदवार भइरहँदा यहाँको भूगोल, जनता लगायतका अवयवका लागि के–के गर्छु भन्ने योजना छन् ?
भौगोलिक प्रकृतिक औधोगिक हिसाबले यहाँ प्रशस्त सम्भावनाहरुसँग पर्यटन, उद्योगलाई आधार मानेर नै बेथानचोक बासीको आय बढाउने हो । कृषि पशुपालन यहाँका मानिसको मुख्य पेशाको रुपमा रहेको छ । कृषि र पशुपालनलाई व्यवस्थित बनाइने छ । यीनै विषयमा आधाररित रहेर रोजगारीको सिर्जना गरिनेछ । हामीले महिला पहिला भन्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिने छौं । महिलाहरुलाई आर्थिक सामाजिक सास्कृतिक रुपमा अगाडि बढाउने योजना अगाडि बढाएको छु । महत्वपूर्ण जनाशक्तिका रुपमा युवाहरु रहेका हुन्छन् । युवा स्वारोजगार कार्यक्रमका रुपमा युवाहरुलाई आर्थिक क्रियाकलापमा संलग्न गराइने छ । बेथानचोकमा प्रशस्त पर्यटनको सम्भावना छ । धर्म कृषिसँग जोडेर पर्यटनको विकास गरिनेछ ।

चुनावको समयमा जति प्रतिबद्धताहरु निर्माण हुन्छन् । कुनै अध्ययन बिना नै तयारी हुन्छन् । ती प्रतिबद्धता कसरी पुरा गर्ने स्रोतको पहिचानसम्म पनि भएको देखिँदैन नि !
हामी पहिलो चरणमा मतदाताको घर घरमा पुग्यौ ? ती क्षेत्रका समस्याहरु संकलन गर्यौ । वडाहरुले पनि आफ्ना संकल्प पत्र तयार गरेका छन् । ती माथी पनि अध्ययन गर्यौं । विषयवस्तुहरुलाई प्रथमिकिकरण पनि गर्यौं । अनि ती विषय कहाँबाट कसरी संवोधन गर्न सकिन्छ भन्ने बहस गर्यौं । स्रोतको पहिचान गर्यौं यसका लागि पूर्व जनप्रतिनिधि, विज्ञ समूहको साथ पनि लिएका छौं । नेपाल शिक्षक संघ बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिनाको संयोजकत्वमाा एक समिति निर्माण भएको थियो । पालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले निर्वाचनको समयमा तयार पार्नुभएको प्रतिबद्धता पत्रमा ८० प्रतिशत काम सम्पन्न भएका रहेछन् । ६ ओटै वडा अनि पालिका अध्यक्ष उपाध्यक्ष सँग पनि हामीले आवश्यक सुझाव लिएका छौ । यो प्रकृया अपनाएर हामीले प्रतिबद्धता पत्र निमार्ण गरेका हौ । यसमा जनताको समस्या, आकांक्षा अनि बिज्ञको सुक्ष्म दृष्टि र सम्भावना सबै विषय समावेश रहेका छन् । यो वास्तविकतामा आधारित छ । हाम्रो प्रतिबद्धता पत्र आश्वानको पोको होइन । अनि झुटको पुलिन्दा पनि होइन । हाम्रा प्रतिबद्धता पत्रमा उल्लेख भएका विषयहरु गौरबका आयोजनाहरु ५ वर्ष भित्र निर्माण गरी स्थायित्व दिइसक्ने छौं भन्ने कुरामा हामी ढुक्क छौं ।

उम्मेदवारी त धेरैले दर्ता गर्छन् । जित्ने १ जनाले हो । मैले बेथानचोकमा यो – यो गरिसकेको छु । यस आधारमा मैले चुनाव जित्छु भन्न सक्नुहुन्छ ?
बेथानचोक बासीमा राजनीतिक चेतनाको विकास भइसकेको छ । विगतका ८ वर्ष वेथानचोकको मुटुमा रहेको पार्वती मा.विमा शिक्षण मार्फत सेवा गरेँ । २०७४ सालको निर्वाचनमा पनि माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षको उम्मेदवार थिएँ । म माओवादी केन्द्रको गत मंसिरमा सम्पन्न अधिवेशनबाट अध्यक्ष पदको जिम्मेवारी पनि पाएको छु । बेथानचोक मेरो कर्मभूमि हो । मैले यहाँको भूगोल बुझेको छु । यहाँका जनता सँग साक्षत्कार गर्ने मौका पाएको छु । मैले यहाँ राजनीतिलाई समाजसेवाको रुपमा लिएको छु । पुरै जीवन सेवा भावले राजनीतिमा बिताउने दुढ संकल्प गरेको छु । जनताले म माथि विश्वास गर्नु भएको छ । मैले विकास निर्माण अन्तर्गत धेरै आयोजनाहरुमा काम गर्ने मौका पनि पाएको छु । ती संचालनमा पनि रहेका छन् । जस्तै बेथानचोक खानेपानी आयोजना । डिपीआर भएका १४ सय ४१ पुल । ट्रान्सफर्मरका कार्य लाइन सुधारको कार्य गजरामको थुम्कामा पुग्ने भौतिक भौतिक पुर्वाधार निर्माण सहित राष्ट्रिय झण्डा फहराउने कार्यमा २ करोडको माग थियो ४७ लाख बजेट परिसकेको छ । यस बाहेकका विविध विषयमा सम्बन्धित मन्त्रालयमा पहल गरेर धेरै कार्यहरु शुरु गरेका छौं । जसले गर्दा बौद्धिक, प्राज्ञिक निश्वार्थ व्यक्तित्व यो बेथानचोकले खोजेको आवस्थामा आशा छ म प्रति जनताहरुले विश्वास गर्नुहुन्छ । तसर्थ मैले चुनाव जित्छु भन्ने कुरामा म विश्वस्त छु ।

संघीयता कार्यन्वय पछि पहिलो स्थानीय सरकारको हामीले अनुभव गर्यौं । यद्यपी केही ल्याप्सहरु त छन् । अबको बाटो ?
पूर्व जनप्रतिनिधिहरुले विकास निर्माणको आधारशिला गोरेटो त केरिसक्नु नै भएको छ । हामीलाई त्यो गोरेटोमा हिँड्न सहज हुने छ । थप विकासका आयमहरु हामी पुरा गर्ने छौ । जनाताका लागि अत्यावश्क मानिएका विकासका अधिकांश पूर्वाधार तयार भइसकेका छन् । अब ती क्षेत्रको थप विकास जरुरी छ । तीनलाई व्यवस्थित बनाउनु दिगोपन प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । सम्भावनाका खोजी गरी जनताको जीवनस्तर गुणस्तरीय बनाउनु यसका लागि उचित उद्देश्य, नीति योजना बनाउनु नै मुख्य कार्य हुनेछन् ।

निर्वाचित हुनुभयो भने ५ वर्षको अवधिमा के–के गर्नुहुन्छ ? छोटकरीमा प्रतिबद्धता बाताइदिनुहोस न ।

सर्वसाधरमा न्यायको अनुभुति दिलाउने कार्य गर्छुृ । जनप्रतिनिधिहरुले शुरु गर्नुभएको योजना पुरा गर्छु । प्रविधिमैत्री शिक्षा एक शिक्षक एक ल्यापटप कार्यक्रम देखि सूचना प्रविधिको पुर्ण रुपमा विकास गर्ने सर्वसाधरणको जनजिवीकाका विषयहरु विशेष सडकलाई नै प्राथमिकता दिन्छु । स्वरोजगारीका लागि यहाँकै स्रोत र साधनमा लघु उद्यम विकासमा जोड दिन्छु । बैदेशिक रोजगारमा रहेका युवाहरुलाई स्वदेशमै स्वरोगार बनाउन मुख्य भूमिका खेल्छु । महिला, जेष्ठ नागरिक दलित जनजाति बालबालिका तथा अपाङ्ता भएकाहरुका लागि नीति नियम भित्र रहेर वा मिल्ने नीति नियम निर्माण गरेर थप सेवा सुविधा दिन सक्ने कामको थालनी गदर्छु ।

न्यायीक समिति, बजेट निर्माण, महिला बालबालिकाका लागि बेथानचोक भित्र यी– यी काम आवश्यक छन् भन्नेमा के लागेको छ ?
महिलाहरुको हकमा महिला लक्षित व्यक्तित्व, क्षमता र नेतृत्व विकास तालिम कार्यक्रमको एकदम आवश्यकता देखेकी छु । महिलाहरुलाई उद्यमी व्यवसायी बनाउने उद्देश्यले यस्ता कार्यक्रमहरु ल्याएर घर धन्दा सँग–सँगै उद्यमी बनाउन सक्छौ । उत्पादित कृषि उपज वन पैदावारलाई प्रत्येक वडाहरुमा संकलन गरेर त्यसको बजारीकरण गर्ने कार्य गर्दछु । जेष्ठनागरिकहरुको भत्तामा विकटताको कारण धेरै समस्याहरु रहेका छन् । भत्ता घर–घरमा टोल– टोलमा पुर्याउने काम गदर्छु । अपाङ्ता भएकाहरुको हकमा पाउने सुविधाबट कोही बञ्चित भएको पाइएमाा खोजी गर्ने र उहाँहरुको थप सुविधाको लागि भएका नीति कानुन बुझेर थप नीति नियम तयार गर्ने, महिला हिंसाको लागि न्यायीक समितिको संयोजक भइरहँदा कुनै पनि महिलाहरु हिंसामा नपरुन महिलाको हक अधिकार सुनिश्चित होस भन्ने तवरले पालिका स्तरमै मिलाउनका लागि र उहाँहरुको हक अधिकार सुनिश्चित गर्ने कार्य गर्दछु । एउटा भेग एउटा टोलमा बालविकास केन्द्र पूर्वाधार निर्माण गरेर त्यसको व्यवस्थानमा जोड दिन्छु । अशक्त अल्पसंख्यक नागरिकको हकमा थप कार्यक्रम ल्याएर उहाँहरुको जनजीविकामा सुधार आउने कार्यक्रम ल्याउनेछु ।
प्रत्येक घरको ५ जनामा १ जना डिप्रेसनमा हुन्छन भन्ने अध्ययनहरुले देखाएका छन् । म मेरो क्षेत्रमा यस्ता विषय प्रति सजग रहेर बेलैमा सजगताका उपाय अपनाउँछु । स्वस्थ मानसिक तयारीका लागि मनोपरामर्श, मनोविमर्श कार्यक्रमलाई प्रत्येक वडामा सेप हाउस निर्माण गरि बेथानचोकको समग्र विकासमा जोड दिन्छु ।

4830
Shares

ट्रेन्डिङ