सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • पोलेको मकै खानुका यस्ता छन् फाइदा

पोलेको मकै खानुका यस्ता छन् फाइदा

4860
Shares
पोलेको मकै खानुका यस्ता छन् फाइदा

वर्षायाम अझैं चलिरहेको छ । यो समयमा तपाईंलाई सबैभन्दा बढी के खान मन पर्छ रु प्रायजसोले वर्षाको मौसममा तातो–तातो खान मन पराउँछन् । यो समयमा पोलेको मकै खानुस्, धेरै फाइदा हुन्छ । पोलेको मकैको स्वाद नै मिठो हुन्छ । तर, कहिल्यै सोच्नुभएको छैन होला, पोलेको मकै खानाले हाम्रो स्वास्थ्यलाई कत्तिको फाइदा हुन्छ भनेर ।

मकै एक यस्तो तत्व हो, जसमा पाकेपछि पनि आफ्नो गुण हराउनुको साटो थप बढ्ने गर्छ । पोलेको मकै क्यारेटोनोइड र भिटामिन एको राम्रो स्रोत हो । मकै खानुका केही फाइद पोलेको मकै खानाले दाँत बलियो हुन्छ ।

मकै खाइसकेपछि त्यसको खोयालाई भाँचेर सुँघ्दा रुघाखोकी निको हुन्छ । त्यति मात्र नभई मकैको खोयालाई सुकाएर जलाएर त्यसको धुवाँ सुँघ्नाले पनि रुघाखोकीमा फाइदा पुर्‍याउँछ । त्यसबाहेक यसले खोकी लागेकोमा पनि निको हुन्छ ।

पोलेको मकैमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । जसले बढ्दो उमेरको लक्षणलाई रोक्छ र क्यान्सरसँग लड्न पनि मद्दत गर्छ । बच्चाहरूको शारीरिक र मानसिक विकासका लागि पनि पोलेको मकै धेरै नै फाइदाजनक हुन्छ । यसमा कोलेस्ट्रोल नगन्य मात्रामा हुन्छ । त्यसैले पोलेको मकै खाँदा मुटु पनि स्वस्थ रहन्छ ।

4860
Shares

ट्रेन्डिङ