काभ्रेको भुम्लु गाउँपालिकाले पालिका क्षेत्रभित्रका विकास निर्माणमा भइरहेका कामको स्थलगत अनुगमन गरेको छ । गाँउपालिकाले १० वटै वडामा निमाणाधीन योजानाहरुको स्थलगत अनुगमन गरको हो ।
सम्बन्धित क्षेत्रका संयोजकहरु, प्राविधिक तथा ईन्जिनियरहरुको उपस्थितिमा वडा नम्बर ८र १० अन्तर्गत गठित उपभोक्ता समिती हरुबाट सम्पन्न भएका विभिन्न वटा योजानाहरुको प्रभावकारिता जाँच्नका लागि गरिएको अनुगमन गरिएको हो । गाउँपालिकाले योसँगै अन्य वडामा पनि अनुगमनलाई निरन्तरता दिने क्रम जारी रहेको उपाअध्यक्ष जितेन्द्रमान तामाङले जानकारी दिनु भयो ।
गाउँपालिका भित्र भैरहेको विकास निर्माणका कामको प्रत्यक्ष जानकारी लिन आफू अनुगमनमा निस्किएको तामाङले बताउनु भयो । सडकमा निर्माण गरिएका नाला, मेसीनरी वाल लगायतका योजानाहरुको स्थलगत अनुगमन गरिएको उपाअध्यक्ष तामाङले जानकारी दिनु भयो ।
यस्तै अनुगमनलाई निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालले बताउनु भयो । योजना निर्माणमा गुणस्तरीय कार्य र तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने तथा स्थानीय उपभोक्ता समितिको भूमिका महत्वपूर्ण हुनेमा प्रशासकीय अधिकृत अर्यालले जोड दिए ।
अनुगमनको क्रममा सम्पन्न भएका सबै योजनाहरु तोकिएको मापदण्डअनुसार नै सम्पन्न भएको पाइएको र मापदण्ड पूरा नगररै सम्पन्न भएका योजनाहरुको हकमा भुक्तानी दिँदा कटौती गरेर दिने उपाअध्यक्ष जितेन्द्रमान तामाङले बताउनु भयो ।
अनुगमनका क्रममा कामले गति लिएको पाइएको साथै कामका क्रममा आएका विभिन्न समस्याको समाधानमा पहल समेत गर्ने उहाँको भनाई छ । निमाणाधीन योजानाहरुको स्थलगत अनुगमनमा योजना अधिकृत रुपक अधिकारी इन्जिनियर अन्जन अवाल सव इन्जिनियर डिमसन तामाङ लगायतको उपस्थिति रहेको थियो ।