सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेका सिडियो सँग रोशीका जनप्रतिनिधि र कर्मचारीको सवाल जवाफ

काभ्रेका सिडियो सँग रोशीका जनप्रतिनिधि र कर्मचारीको सवाल जवाफ

1430
Shares
काभ्रेका सिडियो सँग रोशीका जनप्रतिनिधि र कर्मचारीको सवाल जवाफ

काभ्रे | जिल्ला प्रशासन कार्यलय काभ्रेको आयोजनामा स्थानिय तहका जनप्रतिनिधि तथा पदाधिकारी सँग सेवा प्रवाहा शान्ति सुरक्षा लगाएत समसामयिक बिसयमा छलफल तथा अन्तर्क्रीया कार्यक्रम सम्पन्न्न भएको छ ।

रोशी गाउपालिकाका जनप्रतिनिधि कर्मचारी ,राजनितिकदलका प्रतिनिधि तथा स्थानिय र सन्चारकर्मीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा रोशी गाउपालिकाको तर्फ बाट प्रमुख प्रशासकिय अधिकृत राम लामाले प्रस्तुतीकरण गरेका थिए । सो संगै आयोजक जिल्ला प्रशासन कार्यलय काभ्रेका प्रमुख ,प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले नागरिकता ,अन्य सेवा प्रबाहाका विसयमा प्रस्तुतिकरण गरेकी थिईन ।

कार्यक्रममा नागरिकता र अन्य बिसयमा रहेका जिज्ञासा् वडा अध्यक्ष , वडा सचिब र अन्य सहभागीले प्रमुख जिल्ला अधिकारी सामु राखेका थिए भने सो को जवाफ प्रमुख जिल्ला अधिकारीले दिनु भएको थियो । उनले जवाफका क्रममा सकेसम्म वडाबाट हुने कार्यमा प्रक्रियालाई ध्यान दिई पन्जिकरणका परिपत्रलाई समेत आधार मानिदिन अनुरोध गरेकी थिईन ।

कार्यक्रममा रोशी गाउपालिकाका उपाध्यक्ष र अध्यक्षले समेत सबैमा काममा सहजीकरणका लागी स्पस्ट बुझेर गर्न अपिल गर्दै कार्यक्रमको आयोजना गरेको प्रती जिल्ला प्रशासन कार्यलय र प्रमुख जिल्ला अधिकारीलाई धन्यवाद ब्यक्त गरेका थिए ।

1430
Shares

ट्रेन्डिङ