सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ‘बाँच्न पाए सबैको ऋण र गुन तिर्ने थिएँ’ जग्गा बन्दगी राखेर उपचार

‘बाँच्न पाए सबैको ऋण र गुन तिर्ने थिएँ’ जग्गा बन्दगी राखेर उपचार

6310
Shares
‘बाँच्न पाए सबैको ऋण र गुन तिर्ने थिएँ’ जग्गा बन्दगी राखेर उपचार

काभ्रे, २२ भदौ । पहिला पनि दुख थियो । त्यहीमाथि अर्को दुख थपियो फेरि । एकतिर भुकम्पले घर भत्किएर टहराको बसाई, अर्काे तर्फ कसरी पुर्ननिर्माण गर्ने भन्ने चिन्ता थियोे काभ्रे बेथानचोक गाउँपालिका ५, कामीडाँडाका सन्तबहादुर तामाङको परिवारमा । ५७ वर्षका सन्तबहादुरको खुट्टमा सामान्य चोट लागेको पछि इन्फेक्सन भएर सानो घाउँले मासु काटेर फाल्नुपर्ने अवस्था आयो । २ लाख खर्च गरि सके उपचारमा तर उनको स्वास्थ्यमा सुधार आएको छैन । अस्पतालले उपचारमा शरिरमा आनौठोखालको रोगले सताउन थालेपछि उनी थले परेका हुन् । सुरुमा खुट्टा सुनिएको थियो पछि मासु काटे अहिले शिक्षण अस्पताल महाराजगनमा उपचार भइरहेको छ ।

गाउँमै जग्गा बन्दगी राखेर २ लाख रुपैया लिएको ऋण पनि बुबाको उपचारमा सकिसक्यो अस्पतालले खुट्टको सर्जिम गर्नुपर्छ भनेको छ ऋण खोज्छु गाउँमा कहि पनि पाउँने होइन छोरा बुद्धसिंङ लामाले न्याउरोस्वरमा भने, अझै ३ लाख खर्च चाहिन्छ भन्छ सर्जिगल गर्नका लागि अस्पतालले ।’ कहि पनि ऋण पाएन उपचार गर्न नसकेर अस्पतालमै राखी रहेको छ ।’

अहिले उनी काठमाण्डौँ महाराजगनमा रहेको शिक्षण अस्पतालको सकिर्जकल वाडको २६ नम्बर वेडमा जिवन मरणको दोसाधमा बाँचिरहेका छन् । ८ जनाको परीवार पाल्न पनि सन्तबहादुरलाई हम्मेहम्मे थियो । बिहान बेलुकाको हातमुख जोडनै मुस्किल थियो उनको परिवारमा । भुकम्पपछि पहिला बापत पाएको रकमले जग खनेर घर बनाउ थालेका थिए ।

खुट्टमा आएको सानो घाउँले खुट्टमा प्रति असर गरेपछि मासुनै गर्नु प¥यो अब नयाँ घर बनाएर बस्ने सपना अधुरै रहने भो सन्तबहादुरले रुदै भने , बाँच्ने भए घर बनाउने र उपचार गर्न लिएको ऋण र गुण तिराउँला ।’ उनका परिवारले आर्थिक अभावका कारण अहिलेसम्म खुट्टको सर्जरी गर्न सकिरहेको छैन ।

6310
Shares

ट्रेन्डिङ