सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अभिनय सबैभन्दा असुरक्षित पेशा, ‘प्लान बी’ बनाएर आउनुस्: राजेश हमाल

अभिनय सबैभन्दा असुरक्षित पेशा, ‘प्लान बी’ बनाएर आउनुस्: राजेश हमाल

1100
Shares
अभिनय सबैभन्दा असुरक्षित पेशा, ‘प्लान बी’ बनाएर आउनुस्: राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले अभिनय सबैभन्दा असुरक्षित पेशा भएको बताएका छन् ।

हमालले अभिनयसँगै पर्फमिङ आर्ट्सका अन्य विधाहरु फोटोग्राफी, खेलकुद र संगीत पनि नेपालमा असुरक्षित पेशाको रुपमा रहेको बताए ।

सीतापाइलास्थित विल्सन एकेडेमीको २९ औं वार्षिकोत्सवमा बालबालिकासँगको अन्तरक्रियाका क्रममा अभिनेता हमालले  अभिनेता राजेश हमालले अभिनय सबैभन्दा असुरक्षित पेशा भएकाले ‘प्लान बी’ बनाएर आउन नयाँपुस्तालाई आग्रह गरेका हुन् ।

उनले अभिनयजस्ता पर्फमिङ आर्ट्समा टिकिरहन मुस्किल हुने बताउँदै भने ‘यी पेशामा टिकिरहन तिमीले आफ्नो प्रतिभालाई निरन्तरता दिइराख्नुपर्छ । मागअनुसार आफूलाई प्रस्तुत गर्नुपर्छ‘ । समय बित्दै जाँदा कलाकारलाई मानिसले मन नपराउन पनि सक्ने उनको विश्लेषण छ । 

उनले शिक्षालाई प्राथमिकतामा राखनेर अघि बढ्न विद्यार्थीलाई सुझाए । ‘आफूमा लगाव छ भने तिमीहरुले उच्च माध्यमिक शिक्षा अध्ययन गरेपछि मात्र यसबारे सोच्न सक्छौ । अहिल्यै सोच्नु हतार हुनसक्छ । पर्फमेन्स आर्ट्समा लाग्नुअघि पहिलो कुरा आफू के गर्न गइरहेको छु भन्ने कुरा बुझ्नुपर्छ । अर्को कुरा आत्मविश्वास हो । म डेलिभर गर्न सक्छु भन्ने बिन्दुमा पुगेर आत्मविश्वास पैदा भएमा लाग्न सक्नुहुन्छ । मैले आफूले उत्कृष्ट दिन सक्छु भन्ने कुरामा पनि निश्चित हुनुपर्छ ,हमालले भने।’

1100
Shares

ट्रेन्डिङ