सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • दुबै मृगौला फेल भएका पुष्करलाई सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम हुदै

दुबै मृगौला फेल भएका पुष्करलाई सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम हुदै

4845
Shares
दुबै मृगौला फेल भएका पुष्करलाई सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रम हुदै

काभ्रे, कात्तिक २ । नमोबुद्ध मिडिया प्रा.लि द्धरा संचालित यस सबैको समाचार डट कमको उद्घाटन उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले गर्ने भएका छन् साथै धुलिखेल ११ पात्लेखत घर भई हाल बनेपा–६ बस्ने पुस्कार धितालको दुबै मिर्गाैला फेल भएपछि उको सहयोगका लागि कात्तिक ३ गते पात्लेखतको हनुमाण मा.वि.मा सहयोगार्थका लागी बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

नमोबुद्ध मिडिया प्रा.लि र धुलिखेल वडा नं ११ ले धितालको उपचारका लागि सहयोग गर्ने उद्धेश्याले सो कार्यक्रमको आयोजना गर्न लागिइएको हो । सोही अवसरमा काभ्रेली तथा राष्ट्रिय कलाकारहरु मच्छेशोर सापकोटा, सरस्वती सापकोटा , हरि कर्माचार्य, रामहरी न्यौपाने, प्रदिप रोक्का,अनिल गौतम, बिशाल थिंग,प्रताब हुमागाई, भगवान खत्री ,मन्दिरा केसी ,सुरेन्द्र श्रेष्ठ, सन्तोष ताम्राकार, बिक्रम गौतम , सावित्री गौतम, मदन बिष्ट लगायत स्थानीय कलाकारहरुको सहभागिता रहने छ ।

धितालको एक वर्ष अघि विदेशमा स्वास्थ्य परिक्षण गर्दा दुबै मिर्गाैला फेल भएपछि उनी घर पर्केका थिए । उनको घरको आर्थिक अवस्था कमजोर भएको कारणले उनलाई सहयोग पुग्ने उद्धेश्याले सास्कतिक कार्यक्रमको आजोजना गरिएको छ ।

साथमा पुष्करले हृदयविदारक अपील गरेका छन् :-
सम्पूर्ण दया, करुणा र प्रेमभावले भरिपूर्ण सहयोगीमनमा मेरो सादर नमस्कार,
म पुष्कर धिताल । म काभ्रे जिल्लाको पात्लेखेत (हाल बनेपा) मा बस्छु । म अहिले ३१ वर्षको भएँ । निकै महिना म बिमार परेँ । अस्पताल जँचाउन जाँदा मेरो दुबै मृगौलाले काम गर्न छोडेको थाहा पाएँ । म ग्रामीण बस्तीमा पाखोबारी खोस्रेर जीविकोपार्जन गरी आएको एक सामान्य किसान हुँ । अब मसित यो थिलथिलो ज्यानबाहेक केही बाँकी छैन । यतिबेला म भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचारत छु ।

यसै अस्पतालमा मेरो डायलसिस चलिरहेको छ । चिकित्सकका अनुसार मेरो उपचारमा २० देखि २५ लाख रुपियाँ खर्च लाग्छ । नौ महिनादेखि उपचार गर्दागर्दा मेरी श्रीमती र ५ वर्षे छोराको पनि बिजोग भएको छ । ममाथि आश्रित ती परिवारको कन्तबिजोग हेर्न नसक्दा मभित्र अति निरासाभाव आउन थालेको छ । आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँहरूको सानो सहयोगले मेरो उपचारमा टेवा पुग्न सक्छ । र, म निको भएर मेरो परिवार र समाजको हितका लागि केही काम गर्न सक्छु भन्ने धारणा छ ।

म मेरा दश औँला जोडेर यहाँहरूसित सक्दो सहयोगको अपेक्षा राखेको छु । आशा छ, मेरो उपचारार्थ सहयोग रकम सङ्कलन गर्न हजुरको आङ्गनमा द्यौसीभैली खेल्न आएका आदरणीय सहयोगी मनहरूलाई यहाँहरूले सक्दो रकम सहयोग गरी मेरो जीवन बचाउनुहुनेछ । यसका साथै मेरा आदरणीय बुवा रामप्रसाद धितालको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं १८१०००४४६३१० मा आफ्नो स्वेच्छाले सहयोग रकम जम्मा गरी सहयोग गर्न सक्नुहुनेछ । या, ९८६०२९९३०७ मा फोन गरी सिधा सहयोग रकम बुझाइदिन पनि सक्नुहुनेछ । सहयोगका लागि धन्यवाद । यहाँको जीवन, स्वस्थ्य, स्वच्छ, शान्त, समृद्ध र सफल होस् ।

उही
पुष्कर धिताल

4845
Shares

ट्रेन्डिङ