सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेमा बाम गठवन्धनलाई प्रशासनकै अवरोध

काभ्रेमा बाम गठवन्धनलाई प्रशासनकै अवरोध

2735
Shares
काभ्रेमा बाम गठवन्धनलाई प्रशासनकै अवरोध

काभ्रे, १६ कात्तिक। प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको उम्मेदवारी दर्ता गर्ने क्रममा बाम गठवन्धनलाई काभ्रेमा प्रशासनले नै अवरोध सिर्जना गरेको छ ।आज उम्मेदवारको मनोनयन दर्ताका लागि प्रशासनले यसअघि एमालेलाई सहमतिमा उपलव्ध गराएको रुटमा नियोजित ढंगले अन्य सवारीसाधन रोक्न लगाएर अवरोध सिर्जना गरेको हो । बाम गठवन्धनमा आवद्ध एमाले र माओवादी केन्द्रका हजारौं कार्यकर्ता र समर्थकहरु धुलिखेल पुगेका थिए ।

सो क्रममा एमालेका गाडी तथा मोटरसाइकललाई धुलिखेलस्थित बाणिज्य बैंकबाट उता जान नसक्ने गरी रोकिएको थियो । प्रशासनको अवरोध छिचोल्दै बाम गठवन्धनको जुलस अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्दैछ ।

बाम गठवन्धनबाट काभ्रेमा प्रतिनिधिसभा क्षेत्र नंवर १ मा माओवादी केन्द्रका गंगावहादुर तामाङ (बमध्वज) सोही क्षेत्रको प्रदेशसभा क मा माओवादीकै रत्न ढकाल तथा प्रदेश सभा ख मा एमालेका चन्द्र लामा उम्मेदवार छन् । यस्तै प्रतिनिधिसभा क्षेत्र नंवर २ मा एमालेका गोकुल बास्कोटा, सोही क्षेत्रको प्रदेशसभा क मा लक्ष्मण लम्साल र प्रदेश सभा ख मा बसुन्धरा हुमागाईं उम्मेदवार छन् ।

बाम गठवन्धनले बहुमत हासिल गरेसँगै अहिले उम्मेदवारको मनोनयन दर्ताकै क्रममा प्रशासनले गरेको अवरोधको छानबीन र दोषीमाथि कार्बाही गर्ने चेतावनी गठवन्धनका नेताहरुले दिएका छन् । -मेचीकाली

2735
Shares

ट्रेन्डिङ