सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेशसभामा बाम गठबन्धनको अग्रता, कहाँ को भए विजयी ?

प्रदेशसभामा बाम गठबन्धनको अग्रता, कहाँ को भए विजयी ?

3615
Shares
प्रदेशसभामा बाम गठबन्धनको अग्रता, कहाँ को भए विजयी ?

काठमाडौं, मंसिर २३ । प्रदेश सभातर्फको परिणाम पनि धमाधम आइरहेको छ । पछिल्लो परिणामअनुसार दैलेख १ को प्रदेश (क) मा माओवादी केन्द्रका धर्मराज रेग्मी १० हजार ३६१ मतसहित विजयी हुँदा कांग्रेसका कृष्णकुमार जिसीको ८७६४ मत पाएर पराजित भए ।भोजपुर प्रदेशसभा ‘ख’ मा एमालेका शेरधन राई २० हजार ३३४ मतसहित विजयी भएका छन् । पराजित कांग्रेसका गोविन्द कार्कीको ७ हजार १०५ मत रहेको छ ।
जाजरकोट प्रदेश सभा (क) मा माओवादी केन्द्रका गणेशप्रसाद सिंह १६९११ मतसहित विजयी हुनुभएको छ भने जाजरकोटको प्रदेश (ख) मा एमालेका करबीर शाही १५ हजार १८५ मतसहित विजयी भएका छन् ।ओखलढुंगा प्रदेश (क) मा एमालेका अम्बीर गुरुङ १८९०० मतले विजयी हुँदा कांग्रेसका मित्रसेन दाहालको ७००२ मत ल्याएर पराजित भए ।रसुवामा प्रदेश (ख) मा नयाँशक्ति नेपालका प्रेम तामाङ ७०४० मत ल्याई विजयी भएका छन् ।
धादिङ प्रदेश १ (क) मा एमालेका राजेन्द्र पाण्डे र (ख) मा माओवादीका शालिकराम जम्मकट्टेल विजयी भएका छन् । धादिङ प्रदेश २ क मा एमालेका रामकुमार अधिकारी विजयी भएका छन् ।वैतडी प्रदेश सभा (क) मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट ८००३ मतसहित विजयी हुँदा बैतडीकै प्रदेश सभा (ख) मा एमालेका लीलाधर भट्ट २३३७ मतसहित विजयी भएका छन् ।
बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका छन् ।धादिङ प्रदेश २ (क) मा एमालेका रामकुमार अधिकारी विजयी भए भने धादिङ प्रदेश १ (क) मा एमालेका राजेन्द्र पाण्डे विजयी भए । धादिङ प्रदेश (ख) मा माओवादीका शालिकराम जम्मकट्टेल विजयी भएका छन् ।अहिलेसम्म जारी मत गणनामा अधिकांश स्थानमा वामगठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रदेशसभा सदस्यतर्फ पनि अधिकांश स्थानमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

3615
Shares

ट्रेन्डिङ