सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन भन्दै बनेपामा प्रदर्शन

काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन भन्दै बनेपामा प्रदर्शन

3890
Shares
काभ्रेलाई प्रदेश ३ को राजधानी बनाउन भन्दै बनेपामा प्रदर्शन

काभ्रे, २२ पुस । प्रदेश नम्बर ३ को राजधानी काभ्रे जिल्लालाई बनाउनु पर्ने माग सहित बनेपामा प्रर्दशन गरिएको छ । शनिबार बनेपामा दबाब स्वरुप र्याली निकालेर प्रदर्शन गरिएको हो । उनीहरुले विकेन्द्रिकृत नीति अनुसार उपत्यका बाहिर प्रदेशको राजधानी बनाइनु पर्ने र काभ्रे उपयुक्त स्थान भएकाले काभ्रेलाई नै राजधानी तोक्नु पर्ने माग गरेका छन् ।

नवनिर्वाचित सांसद, विभिन्न गाउँपालिका र नगरपालिकाका प्रमूख÷उपप्रमूख, उद्योेग वाणिज्य संघ लगायत दलका भ्रातृ संघसंगठनहरुले सहभागिता जनाएका थिए । बनेपाको चारदोबाटो चोकबाट सुरु भएको र्याली बनेपाको विभिन्न भाग परिक्रमा गर्दै पुनः चारदोबाटोमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने अधिकांशले राजधानी नतोकिदासम्म दबाब कार्यक्रम जारी राख्ने बताएका छन् ।

र्यालीमा सहभागिहरुले प्रदेश नम्बर ३ भित्रका सबै जिल्लाको पायक पर्ने स्थान नै काभ्रे भएको भन्दै उपत्यकाभित्रको प्रदेश राजधानी मान्न नसकिने बताएका छन् । जिल्लाका राजधानी दल, नागरिक समाज, पत्रकार, उद्योग ब्यवसायी सहित ३० वटाको हारहारीमा रहेका संघसंस्थाहरुले संयुक्त विज्ञप्ति निकालेर जुनसुकै अवस्थामा पनि काभ्रेलाई प्रादेशिक राजधानी बनाउन पहल, आन्दोलन र दबाब दिने बताएका छन् ।

3890
Shares

ट्रेन्डिङ