सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको कोशीपारीमा ट्रकले किच्दा एकको मृत्यु

काभ्रेको कोशीपारीमा ट्रकले किच्दा एकको मृत्यु

2780
Shares
काभ्रेको कोशीपारीमा ट्रकले किच्दा एकको मृत्यु

काभ्रे, २३ पुस : काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारी क्षेत्रमा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ । दोलालघाटबाट गिट्टी लिएर गएको बा २ ख ६८७७ नम्बर ट्रकले किच्दा भूम्लु गाउँपालिका वडा १ सापिङका अन्दाजी ६०÷६५ बर्षीय डबलराज गिरीको मृत्यु भएको हो ।

सडक छेउमा थुपारेर राखेको बालुवाको थुप्रोमा सुतिरहेका गिरीको किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

2780
Shares

ट्रेन्डिङ