सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • दुबै मृगौला पीडित भोजकुमारलाई १२ लाख आर्थिक सहयोग

दुबै मृगौला पीडित भोजकुमारलाई १२ लाख आर्थिक सहयोग

5780
Shares
दुबै मृगौला पीडित भोजकुमारलाई १२ लाख आर्थिक सहयोग

माघ १ , बनेपा÷दुबै मृगौला फेल भएका काभ्रेका २७ बर्षीय भोजकुमार तामाङलाई साँस्कृति मार्फत र विदेशबाट आएको सहयोग आइतवार हस्तान्तरण गरिएको छ । रफत संचार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गरि पीडित भोजकुमार दोङलाई मानव अंग प्रत्यारोपण अस्पताल भक्तपुर पुगि भोजकुमार बचाउ अभियान संयोजक डि.एस दोङ र सुदिन लामा दोङले पीडितको आमा सोमरानी तामाङ र पीडित भोजकुमार दोङलाई हस्तान्तरण गरिएको हो ।

काभ्रेजिल्लाको सिमनासँग जोडिने भक्तपुर शुभकामना पार्टी प्यालेस भक्तपुर सुर्यबिनायकमा शनिवार भएको पीडित भोजकुमार दोङ बचाउ अभियान सहयोगार्थ बृहत साँस्कृतिक कार्यक्रमबाट संकलन गरेको सहयोग आर्थिक रु ७ हजार र विदेशबाट गरी बाह्र लाख एकहजार एक सय साठी रुपैया रकम हस्तान्तरण गरिएको जनाएको छ ।

काभ्रेको तेमाल गाँऊपालिका वडा न. ९ चोपटारका, हरिबहादुर दोङ्गका छोरा २७ बर्षीय भोजकुमार तामाङको दुवै मृगौला फेल भएर हाल मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररतको जिवन रक्षाका लागि सम्पुर्ण तामाङ कलाकारहरु एक जुट हुने भएका हुन् । विगत ६ महिना देखि रोगका कारण अस्पताल चाहर्दै आएका तामाङको मृगौला नै खराव भएको भन्ने पुष्टी भएपछि उनलाई हाल भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराई रहेका छन् ।

आर्थिक अवस्था कमजोर भएको कारण नै तामाङ आर्थिक समृद्दिको ठुलो सपना बोकेर काठमाडौको हात्तिसारमा अवस्थित गल्फ म्यानपावरबाट दुबईको एक कम्पनीमा कामको लागि बैशाख २३ गते पुगेको थियो ।

-काभ्रे सन्देश बाट

5780
Shares

ट्रेन्डिङ