सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

बैंकका कर्मचारी मृत फेला

610
Shares
बैंकका कर्मचारी मृत फेला

तिलोत्तमा | साइन रेसुङ्गा बैंकमा कार्यरत एक कर्मचारी बुटवल फूलबारीमा मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाकाअनुसार बुटवलको फूलबारीस्थित मणिमुकुन्द सेन उद्यानको रुखमा प्रकाश शर्मा झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।

सोमबार बिहान फूलवारीको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केहीबेरपछि पार्कको एकान्त स्थानमा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख थापाले बताए । शर्मा बुटवलको ट्राफिक चोकमा बैंकको कर्जा शाखामा कार्यरत रहेका थिए ।

610
Shares

ट्रेन्डिङ