सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ट्रिप्परले ठक्कर दिदा काभ्रेमा एक जनाको ज्यान गयो

ट्रिप्परले ठक्कर दिदा काभ्रेमा एक जनाको ज्यान गयो

4715
Shares
ट्रिप्परले ठक्कर दिदा काभ्रेमा एक जनाको ज्यान गयो

७ माघ, काभ्रे । काभ्रेको नवबुद्ध नगरपालिकामा ट्रिप्परले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भकुन्डेबेसीबाट बनेपा आउँदै गरेको ना७ख ७११६ नम्बरको ट्रिप्परले नवबुद्ध नगरपालिका अन्तर्गत विपी राजमार्गमा बा६५प ८१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक प्रकाश लामाको मृत्यु भएको हो ।

घटनास्थलमै मृत्यु भएका लामा रोशी गाउँपालिका निवासी भएको बुझिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

4715
Shares

ट्रेन्डिङ