सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एमालेको निर्णय : सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्छौ

एमालेको निर्णय : सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्छौ

4600
Shares
एमालेको निर्णय : सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्छौ

माघ १६, काठमाडौं । नेकपा एमालेले सर्वसम्मत नभए चुनावबाट मुख्यमन्त्री चयन गर्ने भएको छ । एमाले स्थायी कमिटीको मंगलबार बसेको बैठकले प्रदेशसभाको बैठकपछि दलको नेता चयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले संसदीय दलको नेता नै मुख्यमन्त्री बन्नेछन् । प्रदेश ५ मा शंकर पोखरेल संसदीय दलको नेता भइसकेका छन् तर, अन्य प्रदेशमा टुंगो लागेको छैन । प्रदेश ६ र ७ का दलका नेता भने मुख्यमन्त्री बन्ने छैनन् । वाम गठबन्धनमा दुई प्रदेशको मुख्यमन्त्री माओवादीको भागमा परेको छ ।

यद्यपि एमालेले दलको नेता भने त्यहाँ पनि छान्ने छ । प्रदेशसभाहरुको पहिलो बैठकले आफ्नो कार्यविधि तय गरेपछि दलको नेता चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ । प्रदेश १ को मुख्यमन्त्रीमा सचिव भीम आचार्य र शेरधन राईको दाबी छ भने ३ मा उपाध्यक्ष अष्टलग्मी शाक्य प्रमुख दाबेदार हुन् तर, राजेन्द्र पाण्डेसिहतका नेताहरुले पनि लबिङ थालेका छन् ।

प्रदेश ४ को मुख्यमन्त्रीमा सचिव पृथ्वीसुब्बा गुरुङ र नेता किरण गुरुङले दाबी गर्दै आएका छन् । एमाले बैठकले राष्ट्रियसभा निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्यहरुलाई तत्कालै मतदानको बिधिबारे तालिम दिने निर्णय समेत गरेको छ ।

4600
Shares

ट्रेन्डिङ