सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बर्डफ्लू लागेर २१ वर्षीय युवकको ज्यान गयो

बर्डफ्लू लागेर २१ वर्षीय युवकको ज्यान गयो

4115
Shares
बर्डफ्लू लागेर २१ वर्षीय युवकको ज्यान गयो

बर्डफ्लूको संक्रमणका कारण एकजनाको ज्यान गएको छ । चरा र कुखुरालगायत पंक्षीमा देखिएको बर्डफ्लू मानिसमा पनि सरेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्डफ्लू (एच फाइब एन वान) बाट ज्यान गएको पुष्टि भएको हो । ज्वरो र खोकी लागेर अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । तर उनको श्वासप्रश्वासमा समस्या भएर गएको चैत १५ गते नै ज्यान गएको थियो ।

बिरामी भएर उपचारका लागि अस्पताल पुर्‍याइएका ती युवकको र्‍यालको परीक्षण पछि उनलाई बर्ड फ्लू भएको भन्ने पुष्टि भएको हो । नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो । घटनाकाे जानकारी गराउन बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरिएको थियो । मृतकको नाम भने खुलाइएको छैन । घटनापछि स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले अप्रत्यासित घटना भएकाे बताउनुभएको छ ।

कसरी सर्छ बर्ड फ्लू ?

बर्ड फ्लू संक्रमित पंक्षीहरुको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्न सक्छ । रोगी पक्षीको मासु, अन्डा, सुलीलगायत बाहिर निस्किने पदार्थबाट रोग सर्छ । मासु चलाउँदा वा खोरमा काम गर्दा पनि रोग सर्छ । फिरन्ते चराको सम्पर्कबाट स्थानीय चरामा बर्ड फ्लू सर्छ। बर्ड फ्लू का भाइरस एउटा मानिसबाट अर्कोमा सरेको तथ्य भने अहिलेसम्म भेटिएको छैन । तर पंक्षीबाट मानिसमा भने सर्ने गर्छ ।

यसबाट बच्ने केही उपायहरु

– रोगको प्रकोप भएको ठाउँमा सकेसम्म नजाने ।
– मरेका पंक्षीलाई सोझै नछुने वा नचलाउने । नजिक जानु परेमा पनि माक्स लगाएर जाने ।
– रोग लागेका पंक्षीबाट जोगिने ।
– कुखुराको मासु खान रोक लगाउने ।
– कुखुराको मासु, अण्डा खानै परेमा राम्ररी पकाएर मात्रै खाने ।

4115
Shares

ट्रेन्डिङ