सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • ‘विप्लव’का सर्लाही इन्चार्ज कुमार पाैडेलकाे शव परिवारले बुझे, आजै अन्त्येष्टि

‘विप्लव’का सर्लाही इन्चार्ज कुमार पाैडेलकाे शव परिवारले बुझे, आजै अन्त्येष्टि

4400
Shares
‘विप्लव’का सर्लाही इन्चार्ज कुमार पाैडेलकाे शव परिवारले बुझे, आजै अन्त्येष्टि

प्रहरीको इन्काउन्टरमा मारिएका भनिएका नेत्रबिक्रम चन्द नेतृत्वका सर्लाही इन्चार्ज कुमार पौडेलको शव परिवारले तीन दिनपछि बुझेका छन् । बिहीबार दिउँसो प्रहरीको गोलीबाट मारिएका पौडेलको शव तीन दिनपछि शनिबार दिउँसाे जिल्ला अस्पताल मलंगवाबाट उहाँका भाइ हरिकृष्ण पौडेल र दिदी लक्ष्मी पौडेलले बुझ्नुभएको हो । सर्लाहीको लालबन्दीबाट मोटरसाइकल चढेर सिन्धुली जाँदै गर्दा लखन्देही नदीमा प्रहरीले हानेको गोली लागेर उहाँको ज्यान गएको थियो। सर्लाही प्रहरीले भने जवाफी कारबाहीमा पौडेलको मृत्यु भएको दावी गरेको छ ।

पौडेलको मृत्यु थप रहस्यमय बन्दै गएको स्थानीयले बताएका छन् । शनिबार दिउँसो परिवाले शव बुझ्दा मृतकको हात दुई ठाउमा भाँच्चिएको र निलडाम देखिएकाले दाइको नियन्त्रणपछि प्रहरीले हत्या गरेको भाइ हरिकृष्ण पौडेलले आराेप लगाउनुभयो। उहाँले भन्नुभयो, दोहोरो गोली हानाहान मरेको भएको भए दाइको हात किन भाँच्चियो ? घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ, राज्य आतंक धेरै भयो, खोइ देशमा कानुनी राज्य ? सर्लाही अस्पतालमा दाइको शव बुझ्दै हरिकृष्णले सहयोगका लागि मानव अधिकारकर्मी, सञ्चारकर्मी तथा नागरिक समाजसँग आग्रह गर्नुभयो। शव प्रहरीको एस्कर्टिङमा मलंगवाबाट हरिवन ल्याइएको थियो।

दिउँसो शवलाइ उहाँको घर बागमती नगरपालिका-२, धरहराबाट बागमती नदीमा लगेर हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरियाे। ४७ वर्षका पौडेलका श्रीमती १४ बर्षिय छोरी र १० वर्षीय छोरा छन्। सरकारी सेवामा रहेका उहाँ जागिर छोडेर राजनितिमा लाग्नुभएकाे थियाे। नेपाली कांग्रेसबाट राजनीति सुरु गर्नुभएका पौडेल एमाले, चुरेभावर, नेकपा माओवादी हुँदै नेकपा विप्लवको जिल्ला इन्चार्ज बन्नुभएको थियो।

पीडित परिवरले शनिबार दिउँसो जिल्ला प्रसाशन कार्यालयमा शव बझ्नुअघि दोषीलाई कारबाही गरिनु पर्ने, घटनाको सत्य तथ्य बाहिर ल्याउनु पर्ने, शहीद घोषणा गर्नुपर्ने, परिवारले क्षतिपूर्ति पाउनुपर्ने र छोरा छोरीको पालनपोषणको ग्यारेन्टी गरिदिनु पर्ने माग राखेका थिए । राजनीतिक पूर्वाग्रहका कारण प्रशासनलाइ किनेर सुनियोजित तरिकाले भाइको हत्या गरेकाले नाम किटानीसहित न्यायको खोजीमा जाने दिदी लक्ष्मीको भनाइ छ।

4400
Shares

ट्रेन्डिङ